१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाली काँग्रेस अर्जुनधारको घरदैलो अभियान

सेयर:

६ चैत्र, बिर्तामोड : नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले के.पी. ओली र नेकपा एमालेले स्थानीयदेखि केन्द्रीय सत्तासम्म गरेका भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्दै जनताका घर–घरमा वास्तविकता बुझाउन जरुरी रहेको बताउनुभएको छ ।
स्थानीय विन्ध्यबासिनी मन्दिर परिसरमा आयोजित नेपाली कांग्रेस अर्जुनधारा वडा नं–४ को टोल नम्बर १ र २ को संयुक्त भेलालाई सम्बोधन गर्दै सचिव हुमागाईले भ्रष्टाचार गरेर आर्जन गरेको पैसाले मतदाता किन्ने शपना नदेख्न ओलीलाई चेतावनी दिनुभयो ।
टोल नम्बर–१ का सभापति सोमनाथ गिरी मुक्ति र २ नम्बर टोल सभापति रञ्जन बस्नेतको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका सभापति हेमराज खरेल, महाधिवेशन प्रतिनिधि लिलादेवी कटुवाल, प्रदेश ख का सदस्य मदन थापा, नगर उपसभापति चतुर्भुज काफ्लेलगायतका बक्ताहरुले के।पी। ओलीको कुशासनमा देश र जनताले भोग्नुपरेका समस्यामाथि प्रकाश पार्नुभएको थियो । सो भेलामा टोलमा विकास निर्माणको आवश्यकता, स्थानीय घोषणापत्रमा समेटिनुपर्ने विषयका बारे छलफल भएको थियो ।
४ नम्बर वडा सभापति खेम काफ्लेले विषयवस्तुमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन गणेश थापाले गर्नुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।