१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

‘प्रचण्डको चिनामै सिद्धिने लेखेको छ,माधवको पार्टी बन्दै नबनी सकिन्छ’-ओली

सेयर:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चिनामै सिद्धिने बोकेर आएको टिप्पणी गरेका छन्।

गृहजिल्ला झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘०५२ सालदेखि ०६२ सालसम्म माओवादी केन्द्र उकालो लागेको थियो। अब माओवादी केन्द्र विस्तारै सिद्धिन्छ। म के गरौँ। मैले ०५६ सालमै भनेको थिएँ।’

माओवादीको ओरोलो यात्रा सुरु भइसकेकाले २०७२ मै सकिएको भए पनि आफूले पम्पबाट हावा हालेर जोगाएको उनको भनाइ छ। ओलीले प्रचण्डप्रति कटाक्ष गर्दै अब आफूले माओवादीका लागि बेलुनमा हावा नहाल्ने बताए।

प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीबारे पार्टीको केन्द्रीय समितीको बैठकमा खुल्न नसकेको आरोप लगाए। एमाले सिध्याउने कुरा प्रचण्डले गर्दै हिँडेको भए पनि सम्भव नहुने औल्याए।

त्यस्तै, एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी नै नबनेको टिप्पणी गरे। ओलीले भने, ‘माधव नेपालको पार्टी ‘चिचिला’ मै समाप्त हुन्छ। पार्टी बन्नेवाला छैन। यही अवस्थामा समाप्त भएर जान्छ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।