अपहरण गरेको आरोपमा इटहरीका तीन युवा पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । इटहरीमा एक युवकलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार शुक्रबार इटहरी ८ फूलबारी टोलको प्लटिङमा इटहरी ४ बस्ने २२ वर्षीय निर्मल श्रेष्ठमाथि आँखामा पट्टी बाँधेर कुटपिट समेत गर्दै गरेको सूचनाका आधारमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इटहरी ७ का २५ वर्षीय सङ्गीत थापा, सोही स्थानका १९ वर्षीय अनिष कार्की र इटहरी ८ का २३ सिद्धार्थ राई रहेका छन् ।

पक्राउ परेका उनीहरुले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी ९ बाट श्रेष्ठलाई अपहरण गरेर नम्बर थाहा नभएको सिटी सफारीमा राखेर लगेको र रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी केसीले बताए।

पीडित श्रेष्ठले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा जाहेरी समेत दिएका छन् ।

पक्राउ परेका तीनै जना माथि जिल्ला अदालत सुनसरीमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.