विराटनगर । मोरङमा पोखरीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
सुनवर्षी नगरपालिका–९ स्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा सुनवर्षी–९ का ४५ वर्षीय पतला सहनीको शव भेटिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
सहनी शनिबार दिउँसो नुहाउनका लागि घरबाट निस्किएका थिए। घरबाट निस्किएर धनकुमार सिंहको पोखरीमा नुहाउन पुगेका सहनीलाई डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए

























