मेचीनगरका ५१ मध्ये एकजनामात्र एकीकृत समाजवादीमा

A notice in Nepali from Mechinagar Ward No. 10

२३ भदौ, मेचीनगर:  झापाको मेचीनगर नगरपालिकाबाट स्थानीय तहमा एमालेकातर्फबाट निर्वाचित एकजनालेमात्र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । १५ वटा वडा रहेको मेचीनगरमा ७७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कार्यपालिकामा ३ जना मनोनित गरी नगरकार्यपालिकामा कुल ८० जना जनप्रतिनिधि रहेका छन् ।

कुल ८० मध्ये नगर उपप्रमुख मीना पोखरेल उप्रेतीसहित ५१ जना जनप्रतिनिधि नेकपा एमाले पक्षका थिए । ती मध्ये मेचीनगर वडा नम्बर ६ का महिला वडा सदस्य एवम् कार्यपालिका सदस्य लक्ष्मी पाख्रीनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नु भएको हो ।

मंगलबार अन्तिम दिन पाख्रिनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेको निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसीकुमार नेपालले जानकारी दिनुभयो । एकीकृत समाजवादी रोजेर उहाँले सनाखत गर्नुभएको बताइएको छ । नगरपालिकामा नगर प्रमुख विमल आचार्यसहित २७ जना जनप्रतिनिधि नेपाली काँग्रेस निकट छन् ।

वडानम्बर १, २, ३, ८, ११, १३ र १४ गरी सातवटा वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका थिए भने ४,५,६,७,९,१० र १५ गरी सातवटा वडाम नेपाली काँग्रेसकातर्फबाट वडाअध्यक्ष विजयी भएका थिए । बाँकी एउटा १२ नम्बर वडामा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भएका थिए । प्रत्येक वडाका चार जना वडा सदस्यहरुमा अधिकाँशमा एमालेका विजयी भएका थिए ।

झापामा १५ स्थानीय तहका जम्मा ७ सय २३ जनप्रतिनिधिमध्ये एमालेबाट ४ सय ९३ जनाले जितेका छन् त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एक जना गाउँपालिका अध्यक्ष, चार जना उपाध्यक्ष छन् । झापाबाट एमालेका कूल ४ सय ९३ जना जनप्रतिनिधिमध्ये सात जनाले मात्रै पार्टी परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.