मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१४ कार्तिक, मेचीनगर : थेसिस इङ्ग्लिस बोर्डिङ्ग स्कुल अन्तर्गत रहेको थेसिस स्टुडेण्ड स्पोर्टस युथ क्लबको आयोजनामा मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । ३ दिन सम्म चल्ने उक्त प्रतियोगिताको पहिलो दिन आज ५ खेल सम्पन्न भएका छन् ।

वडा नम्बर २ स्थित दिपज्योति खेल मैदानमा सञ्चालन भएको खेलमा दोकानडाडा इङ्ग्लिस वोर्डिङ्ग स्कुल मेचीनगर ३ ले विद्याविकास एकेडेमी मेचीनगर ४ लाई ५–० गोल अन्तरले पराजित गरेको भएपनि खेलाडीको विषयमा विवाद भएका कारण खेलाडी रुजु भएपछि विजेता घोषण गरिने आयोजक विद्यालयका प्रधानाध्यापक डम्बर रुचालले बताउनु भयो ।

आज सम्पन्न भएको दोस्रो खेलमा दुर्गा आवासीय मा.वि. चारआलीले सनसाइन इङ्ग्लिस स्कुल मेचीनगर २ लाई १–० गोल अन्तरले हराएको थियो । त्यस्तै आजै भएको तेस्रो खेलमा युनाइटेट इङ्ग्लिस वोर्डिङ्ग स्कुल मेचीनगर २ ले र फाइभ स्टार इङ्ग्लिस वोर्डिङ्ग स्कुल धुलाबारीलाई १–० गोल अन्तरले हराएको थियो । त्यस्तै आज सम्पन्न चौंथो खेलमा अरुणोदय आवासीय मा.वि काँकरभिाले आयोजक विद्यालय थेसिस इङ्ग्लिस स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको थियो । त्यसै गरी आजै सम्पन्न पाँचौं तथा अन्तिम खेलमा हिमालय एकाडेमी धुलाबारीले  पारिजात इङ्ग्लिस वोर्डिङ्ग स्कुल धुलाबारी लाई १–० गोल अन्तरले पराजीत गर्न सफल भएको थियो ।

आयोजक विद्यालयले खेलमा सहभागी सबै विद्यालयका खेलाडीहरुलाई सहभागीताको लागि धन्यावाद ज्ञापन गर्दै शुरुमै पदक वितरण खेल क्षेत्रमा नयाँ चलनको .सुरुवात गरेको थियो ।

वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्याब्सन मेचीनगर उपाध्यक्ष विक्रम क्षेत्री, प्याब्सन मेचीनगर कोषाध्यक्ष कमल भेटवाल, खबरमञ्च साप्ताहिकका प्रधान सम्पादक प्रकास पौंडेल, शिक्षक तिकलक कार्की तथा स्थानीय दिपज्योति टोल विकास संस्थाका अध्यक्ष धनबहादुर राईको आतिथ्यता रहेको थियो भने कार्यक्रम आयोजक विद्यालयका प्रधानाध्यापक डम्बर रुचालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थीद्वय एक्सिस रुचाल र अभिजित कालिकोटेले संयुक्तरुपमा गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.