हङकङमा तीन वर्षमाथिका बालबालिकालाई सिनोभ्याकको कोरोना खोप लगाइने

A notice in Nepali from Mechinagar Ward No. 10

हङकङमा तीन वर्ष नाघेका बालबालिकाहरूले कोरोनाविरुद्धको सिनोभ्याकको खोप पाउने भएका छन्। यद्यपि उनीहरुमध्ये १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई यो खोपमा प्राथमिकता दिइने साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ। हालै मात्र हङकङले बालबालिकाका लागि सिनोभ्याकको खोपलाई अनुमति दिएको हो।

शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमा सिनोभ्याकको खोप बालबालिकामा प्रयोग गर्नु फाइदाजनक देखाएको उल्लेख छ। यो खोप लगाएका बालबालिकालाई कोरोनाबाट बचाउनुका साथै उनीहरुलाई जतिसक्दो छिटो सामान्यरुपमा विद्यालय पनि पठाउन सकिने हङकङले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले सबैभन्दा पहिला १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोपमा प्राथमिकता दिइने र पछिल्लो चरणमा मात्र साना बालबालिकाले यो खोप पाउने बताएको छ। यो कामलाई सम्भव भएसम्म अभ्यासमा नै उतार्ने हङकङले बताएको छ। यसअघि सिनोभ्याकको खोप १८ वर्षभन्दा माथिका नागरिकलाई मात्र अनुमति दिइएको थियो।

हङकङका स्वास्थ्य विशेषज्ञहरूको टोलीले यो खोप साना बालबालिकालाई पनि प्रभावकारी हुने भन्दै अनुमति दिन सिफारिस गरेका थिए। अहिलेसम्म मेनल्याण्ड चीनमा ३ देखि १७ वर्ष उमेर समूहका करिब १३ करोड बालबालिकाले सिनोभ्याकको खोप लगाएका छन्। उनीहरुमध्ये ६० लाख ३ देखि ११ वर्ष उमेर समूहका बालबालिका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.