वडाध्यक्ष न्यौपानेद्वारा पदबाट राजीनामा

A notice in Nepali from Mechinagar Ward No. 10

९ वैशाख, मेचीनगर: झापा मेचीनगर नगरपालिका २ नम्बर वडाध्यक्ष तीलक न्यौपानेले आफ्नो पदबाट राजीनामा गर्नुभएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित न्यौपानेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई कारण देखाएर शुक्रबार ३ बजेबाट लागु हुनेगरी सामाजिक सञ्जाल मार्फत राजीनामाको घोषणा गर्नुभएको हो ।
न्यौपानेले वैशाख ३० गते हुने निर्वाचनमा साोहि वडाको वडाध्यक्ष दोहोर्याउने आसय व्यक्त गर्नुभएको छ । ‘स्थानीय निकायको आवधिक निर्वाचनको समय पुरा भई २०७९ साल वैशाख ३० गते निर्वाचनको मिति तोकिएको हुँदा म वडाध्यक्ष तीलक न्यौपानेले मेचीनगर २ तपाईं वडाबासीहरुको उचित सल्लाह र न्यानो माया पाइरहेको अवस्थामा कानुनी रित अनुसार यही वैशाख ११ गते सोहि पदको मनोनयन गर्नुपर्ने हुँदाआज मिति २०७९ साल वैशाख ९ गते ३ बजेबाट लागू हुने गरी सामाजिक सञ्जाल मार्फत राजीनामा दिएको घोषणा गर्दछु ।’ वडाध्यक्ष न्यौपानेले आफ्नो मुहार पुस्तिकामा लेख्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.