स्थानीय सरकारलाई अखिलको नौँ बुँदे ध्यानाकर्षण पत्र

A notice in Nepali from Mechinagar Ward No. 10

६ असार, मेचीनगर : शैक्षिक गुणस्तर कायम गर्ने पहल गर्नुपर्ने, माध्यमिक तह कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका नौं सुत्रीय माग राखेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेचीनगर कमिटी झापाले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलाको नेतृत्वमा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा पुगेर युनियनले नवनिर्वाचित नगरप्रमुख बुढाथोकीलाई सम्मानसहित विद्यार्थीका तमान मुद्घाहरुलाई लिएर ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेचीनगर कमिटी अध्यक्ष विरु मेचे केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलालगायतका विद्यार्थी नेताहरुले संयुक्तरुपमा बुझाएको ध्यानाकर्षण पत्र नगरप्रमुख बुढाथोकीले ग्रहण गर्नुभएको थियो ।

नगर भित्र प्राविधिक शिक्षाको स्थापना गरि नगरभित्रका विद्यार्थीहरुलाई सर्वसुलभ शिक्षा व्यवस्थापन गर्ने, छात्रावृत्ति कोष स्थापना गरी गरिब तथा जेहेन्दार, मजदुर, श्रमिक, दलित, लोपोन्मुख, सीमान्तकृत परिवारका आर्थिक कमजोरीका कारण पढाउन नसक्ने अवस्थामा भएकालाई वा उच्च शिक्षाका लागि पढ्ने वातावरण बनाउने, मेचीनगर नगरभित्रका सबै विद्यालयहरुमा आफ्नै पाठ्यक्रम बनाई लागू गर्नुपर्ने, अध्ययनरत विद्यार्थीहरुलाई आत्मनिर्भर, उद्यमशिल र नेतृत्व विकासबाट अन्य तालिमको व्यवस्थापन नगर स्तरीय योजना बनाएर कार्यन्वयन गर्नुपर्ने, नगरभित्रा सबै शैक्षिकसेवाहरु प्रविधिमैत्री बनाउनुपर्ने, सामुदायिक क्याम्पसहरुमा यातायातको व्यवस्था गर्नुपर्ने, खेलकुद क्षेत्रको विकास गरि विद्यार्थीहरुलाई खेल गतिविधिसँग जोडनु पर्ने माग ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगरप्रमुख बुढाथोकीले मागहरु सबै जायज रहेको र नगरभित्रको शिक्षा सेवालाई गुणस्तरीय तथा प्रविधिमैत्री बनाउन स्थानीय सरकार लागि पर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियु स्थापनाकालदेखि नै नेपाली विद्यार्थीहरुको हकहित र अधिकारका लागि गौरवपूर्ण, ओजिलो, विरासतपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको अनेरास्ववियु सचिवालय सदस्य दुर्गा धमलाको भनाई छ । संगठनले नेपाली विद्यार्थीहरुको जीवनसँग जोडिएका सबै मुद्घाहरुमा आफ्नो माउ पार्टी नेकपा एमाले सँगै सहकार्य गर्दै आएको इतिहास रहेको र राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा सदैव निर्णयक बनेको बताइएको छ । अनेरास्ववियुले विगतदेखि नै विभिन्न समयमा विभिन्न विषयमा स्थानीय तहमा सचेत गराउँदैं आएको ध्यानाकर्षण पत्रमा स्मरण गराउँदैं रचनात्मक भूमिकाका लागि स्थानीय सरकार प्रमुख र उपप्रमुखसहित अन्य जनप्रतिनिधिहरुलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.