१५ असोज, मेचीनगर : चारआली जेसीज सप्ताह २०२२ शनिबारबाट विधिवतरूपमा सम्पन्न भएकाे छ । ६ असाेजमा झापाकाे चारआली सरसफाई तथा गमला वितरण गरि सप्ताह शुरू भएकाे थियाे । रक्तदान,मैत्रीपुर्ण फुटसल, प्रहरी मेराे साथीलगायतका कार्यक्रम गर्दै आएकाे जेसीसले शनिवार proud to be Jci विषयमा तालिम प्रदान गर्दै जेसीज सप्ताह सम्पन्न गरेकाे हाे ।
सप्ताह समापन समाराेहका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले जेसीजले समाज रूपान्तरणमा खेलेकाे भूमिका महत्वपुर्ण र प्रशंसनीय रहेकाे उल्लेख गर्नुभयाे । जेसीजमा नेतृत्व गर्न सक्ने र क्षमतावान व्यक्ति भएकाले जेसीजबाट धेरै कुरा सिक्नुपर्ने उहाँकाे भनाई थियाे ।
चारआली साना शहरी खानेपानीकाे सभाकक्षमा, चारआली जेसीज सन् २०२२ का अध्यक्ष वीरबहादुर बेघाकाे अध्यक्षतामा भएकाे समापन समाराेहअघि भएकाे तालिममा नेपाल जेसीज सन् २०२२ का कार्यकारिणी उपाध्यक्ष सुनिल तिम्सिनाले proud to be jci विषयमा सहभागीलाई प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।
चारआली जेसीज सन् २०२२ का महासचिव सुजुप सुवेदीले सञ्चालन गरेकाे कार्यक्रममा चारआली जेसीज सन् २०१७ का अध्यक्ष धनबहादुर तामाङ , बाह्रदशी उपशाखा जेसीजका अध्यक्ष पुषपलाल धमला, बाहुनडाँगी जेसीजका अध्यक्ष हेमन्त माेक्तान, मेचीनगर नगरपालिका वडानम्वर १२ र १४ वडाध्यक्ष क्रमस मधुसूदन निराैला, बाबुलाल सुब्बालगायतले बाेल्नुभएकाे थियाे । चारआली जेसीज सन् २०२२ का सचिव शिक्षा घिमिरेले जेसीज आस्थावाचन गर्नुभएकाे थियाे । कार्यक्रममा चारआली जेसीजका संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष, छिमेकी जेसीजका पुर्व अध्यक्ष, पदाधिकारीसहितकाे सहभागिता थियाे ।

























