Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटप्रदेश एकमा १ लाख पीसीआर परीक्षण, ४ हजार संक्रमित

प्रदेश एकमा १ लाख पीसीआर परीक्षण, ४ हजार संक्रमित

मेचीनगर, २३ भदौ । प्रदेश १ मा एक लाख जनाको पीसीआर जाँच गर्दा चार हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा सोमबारसम्म १ लाख ३ सय ४८ जनाको पीसीआर परीक्षण भएको छ । ती परीक्षण गर्दा ४ हजार १ सय ७७ जनाको पीसीआर पोजेटिभ देखिएको छ ।

पीसीआर पोजेटिभ देखिएकामध्ये ४३ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ९५ जना संक्रमण मुक्त भएका छन् । २ हजार २ सय ३९ जना उपचाररत छन् ।

परीक्षण गरिएकामध्ये ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा औसतमा एकसय जनाको परीक्षण गर्दा चार जनाको पोजेटिभ देखिएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरबाट २५ हजार ४ सय ३६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३ सय ४३, झापाको भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालबाट २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण गरिएको छ ।

प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्लामा परीक्षण भएको छ । मोरङमा ३१ हजार २ सय ६७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १ हजार ९ सय ४४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २३ जनाको मृत्यु भएको छ ।

सुनसरीमा २३ हजार ६ सय ७९ को परीक्षण गरिएको छ जसमा एक हजार ५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापामा २३ हजार ५ सय ८५ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा वीपीमा गत १८ चैतदेखि, कोशीमा २९ चैतदेखि, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा १९ वैशाखदेखि र मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३० साउनबाट पीसीआर जाँच सुरु गरिएको थियो ।

साभार: अनलाइन खवर

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु