Sunday, May 9, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटकाँकरभिट्टाका स्थानीयलाई कोरोना संक्रमण

काँकरभिट्टाका स्थानीयलाई कोरोना संक्रमण

मेचीनगर, २३ भदौ । मेचीनगरमा आज थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टाका करिव ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रोतका अनुसार ज्वरो, खोकी लागेर ४/५ दिनअघि विराटनगर स्थित नोवेल अस्पताल उपचार गर्न गएका थिए । नोवेलमा नै उनको स्वाबको नमुना संकलन गरिएको थियो । त्यहाँ एक दिन उपचार गरेर घर फर्किएका थिए ।

सोमबार फेरि ज्वरो कम नभएपछि भद्रपुर स्थित प्रादेशिक अस्पताल उपचार गर्न गएका थिए । उनको मङ्गलबार नोवेल अस्पतालबाट पीसीआरको रिपोर्ट पोजेटिभ आएको श्रोतले जनाएको छ ।

हाल उनी भद्रपुर अस्पतालमा रहेकोे बुझिएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु