रूसले अन्टार्कटिकामा तरबुजा फलायो

A notice in Nepali from Mechinagar Ward No. 10

१८ साउन, काठमाडौँ : रूसी अनुसन्धाता अन्टार्कटिकाको भोस्तोक स्टेशनमा आठवटा तरबुजा फलाउन सफल भएका छन्।

उनीहरूले तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन्। रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई)का अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ। तरबुजाको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरूले बताएका छन्।

अन्वेषकहरूका अनुसार भोस्तोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुरा उब्जाउने अपेक्षा राखेको छ। वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन्।

रिपोर्टका अनुसार वैज्ञानिकहरूले भोस्तोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारी उब्जाइसकेको पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.