झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु

जुट्यो निर्वाचन कार्यालय निर्वाचनको तयारीमा

A notice in Nepali from Mechinagar Ward No. 10

चन्द्रगढी, ८ माघ | प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको सिफारीसमा प्रतिनिधि सभा संसद विघटन गरेर आगामी २०७८ साल बैशाख १७ र २७ गते प्रतिनिधि सभा सदस्य मध्यवधि निर्वाचनको मिती तोकिएसँगै जिल्ला निर्वाचन कार्यालय झापाले समेत निर्वाचनको तयारीमा जुटेको छ ।

प्रधानमन्त्री ओलीले ५ पुसमा मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रतिनिधि सभा संसद विघटन गर्न सिफारिस गरे लगत्तै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गदैं २०७८ सालको बैशाख १७ र २७ गते दई चरणमा मध्यावधि निर्वाचनको मितिसमेत तोक्नुभएको थियो ।

निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिरहेका बखत जिल्लामा रहेका निर्वाचन कार्यालयहरु समेत निर्वाचन तयारीका लागेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार पहिलो चरणमा आगामी बैशाख १७ र २७ गते दुई चरणमाहुने मध्यवधि निर्वाचनकालागि निर्वाचन आयोगको निर्देशन अनुसार मतदान केन्द्र मतदान स्थलहरुको पुनः अवलोकन गर्ने काम भइरहेको छ ।

कार्यालयले अब क्रमस नाम दर्ता अधिकारी नियुक्ति गर्ने, मतदाताको नामावली तयार गर्ने र मतदान स्थललाई थप व्यवस्थित र सुरक्षित बनाउने विषयमा राजनीतिक, जिल्लास्थित सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरु, अधिकारकर्मी सञ्चारकर्मीहरुसँग छलफल अन्तरक्रिया गोष्ठी गर्ने योजना बनाएको छ ।

कार्यालयले माघ १५ देखि २१ गतेसम्ममा मतदाता नामावली अद्यावधिक गर्ने काम सम्पन्न गर्नेछ । यसका लागि १५ गते झापाका १५ वटै स्थानीय तहमा केन्द्रहरुमा मतदाता नामावली टास गर्ने र १६ देखि १८ गतेसम्म दाबी विरोध आवश्यक परे कोहि मतदाता वा सरोकारवालाले उजुरी गरे त्यसको छानवीन गरी २१ गतेसम्ममा मतदाता नामवालीको अन्तिम रुप तयार गरी निर्वाचन कार्यालयले निर्वाचन आयोगमा पठाउने त्यसपछि निर्वाचन आयोगले तयार गरी मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने जिल्ला निर्वाचन अधिकारी नेपालले बताउनुभयो । यो सँगै मतदान केन्द्र र मतदान स्थलहरुको पुनः अवलोकन गर्ने क्रममा झापा जिल्लाका सवै मतदान स्थल र मतदान केन्द्रहरुमा बृद्घि भएका अनुमानित मतदाताहरुलाई मध्यनजर गदैं मतदान स्थल र मतदान केन्द्र थप गर्ने वा अपायलाई पायक पर्ने स्थानमा सार्ने काम भईरहेको नेपालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति गठन भइसकेको छ । यसमा जिल्लाका विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधि स्थानीय पालिकाका प्रमुखहरु रहेका छन् । यो समितिले मतदान स्थल तथा केन्द्रहरुको अनुगमन गर्ने छ । अहिले यो कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

माघ ९ गते मतदाता नामावली अद्यावधिक गर्ने कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर जिल्लाभरका राजनीति राजनीतिक, जिल्लास्थित सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरु, अधिकारकर्मी सञ्चारकर्मी सरोकारवाला, बुद्घिजीवि, नागरिक समाजसहितको भेला बोलाईएको छ ।

२०७७ माघ १५ देखि २१ गतेसम्मको मतदाता नामावली अद्यावधिक कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ छलफलबाट अन्तिम चरणमा पुग्ने नेपालको भनाई छ । जिल्ला निर्वाचन अधिकारी नेपालका अनुसार स्थानीय तहले तोकेर पठाएका सहायक नाम दर्ता अधिकारीलाई तालिम र प्रशिक्षणको व्यवस्था समेत मिलाइएको छ । मतदाता परिचत्र पत्र भने निर्वाचनको पाँच दिन अघिदेखि मतदानको अघिल्लो दिनसम्म मतदान स्थलबाट वितरण गरिने योजना छ ।

विगतमा झापामा २ सय ८३ मतदान स्थल र ६ सय ९२ मतदान केन्द्र रहेकोमा यसपालि मतदान केन्द्र अनुमानित ७ सय १४ सम्म हुन सक्ने र केही स्थल समेत थप हुने सम्भावना रहेको उहाँको भनाई छ । २०७४ भदौ २० गतेसम्ममा ५ लाख ८५ हजार २ सय ३६ जना मतदाता रहेकोमा हाल बढेर ६ लाख १३ हजार ३ सय १२ जना पुग्ेका छन् । यो संख्या अघिल्लो चुनावमा भन्दा २८ हजार ७६ जनाले बृद्घि भएको हो ।

२०७८ बैशाख १७ गते शुक्रबार पहिलो चरण र २७ गते सोमबार दोस्रो चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ मा भएको प्रावधान समेतको आधारमा अहिले सवै जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन पुस ६ गतेबाट अर्काे व्यवस्था नभएसम्मको लागि स्थगित भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.