२० भदौ, मेचीनगरः विहिबार देशका विभिन्न ठाउँमा १८ औँ मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस तामझामका साथ मनाईरहँदा नेपालमा मानव बेचबिखनको अवस्था कहाली लाग्दो रहेको एउटा तथ्याङ्कले देखाएको छ । यस्ता घटनामा संलग्न पाँचसय ४२ जना अझैपनि फरार छन् ।
हरेक वर्षको २० गते यो दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईन्छ । सोहि अवसरमा झापाको मेचीनगरमा ‘तीनै तहका सरकारको प्रतिवद्धता, मानव बेचबिखन विरुद्घको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ जिल्ला प्रशासन कार्यालय झापाले कारितास नेपालको संयोजन र विभिन्न दशवटा संस्थाको सहकार्यमा आयोजना एउटा कार्यक्रममा प्रस्तुत प्रतिवेदनले नेपालमा मानव बेचबिखनको अवस्था निक्कै कहाली लाग्दो रहेको स्पष्ट पारेको छ ।
मेचीनगर नगरनगरपालिकाका प्रमुख गोपालचन्द्र उप्रेतीको प्रमुख आतिथ्यता र उपप्रमुख मीना पोखरेल उपे्रतीको विशिष्ट आतिथ्यतामा भएको अन्तरक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले प्रस्तुत गरेको मानव बेचबिखनको चारबर्षिय तथ्याङ्क हेर्दा हरेक बर्ष मानव बेचबखिनका घटना बृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि २०८०/०८१ को अवधिमा देशभर मानव बेचबिखनका छ सय चारवटा मुद्धा दर्ता भएका छन् भने, महिला र पुरुष गरी आठ सय ४१ जना पीडित भएका थिए । घटनामा संलग्न एकहजार दुईसय ५७ अभियुक्तमध्ये सात सय १६ जनामात्र पक्राउ परेका छन् भने बाकी पाँचसय ४२ जना अझै फरार छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा एकसय ३४ वटा यस्ता प्रकृतिका मुद्धा दर्ता भएका थिए भने, एकसय ८३ महिला र चारजना पुरुषगरी कुल एकसय ८७ जना पीडित भएको अभिलेखमा स्पष्ट छ । घटनामा ९५ जना महिला र दुईसय दुईजना गरी कुल दुईसय ९७ जना अभियुक्त थिए । त्यसमध्ये ५१ महिला र एकसय १२ गरी कुल एकसय ६३ जनालाई प्रहरीले पक्राउ गरेको प्रस्तुत प्रतिवेदनमा उल्ल्ेख छ । एकसय ३५ वर्ष अझै फरार छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा यस्ता प्रकृतिका घटनामा बृद्धि भएर एकसय ४७ मा उकालो लागेको थियो । मुद्धामा बृद्धि भएसँगै पीडितको संख्यामा समेत बढोत्तरी भएको अभिलेखले देखाएको छ । पीडितमा पुरुषको तुलनामा महिलाको संख्या निक्कै छ । आर्थिक वर्ष २०७८/०७९ मा दुईसय महिला र ११ पुरुषगरी कुल दुईसय ११ जना पीडित भएको बताईएको छ । त्यसवर्ष ७६ महिला दुईसय १५ पुरुष गरी कुल दुईसय ९१ जना अभियूक्तमध्ये ४५ महिला र एकसय ३५ पुरुषगरी कुल एकसय ८० जनालाईमात्र प्रहरीले नियन्त्रणमा लिन सकेको थियो । ३१ महिला र ८० पुरुषगरी कुल एकसय २१ जनालाई अझैसम्म प्रहरीले पक्राउ गर्न नसकेको प्रहरी नायव उपरीक्षक लामाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/०८० अघिल्लो आर्थिक वर्षको तुलनामा दशवटा बढेर एकसय ५७ वटा मुद्धा दर्ता भएका थिए । ती घटनामा दुईसय दशजना महलिा र २० पुरुषगरी कुल दुईसय ३० जना पीडित, एसकय २१ महिला र दुईसय २२ पुरुषगरी कुल तीनसय ४३ जना अभियुक्तमध्ये ६६ महिला र एकसय १२ पुरुषगरी कुल एकसय ७८ जनामात्र पक्राउ परे । ५५ महिला र एकसय दश पुरुषगरी एकसय ६५ जना अझै फरार छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा एकसय ६६ वटा मुद्धा दर्ता भए । ती मुद्धामा एसकय ९६ महिला र १७ पुरुषगरी कुल दुईसय १३ जना पीडित भए । ८९ महिला र दुईसय ३७ पुरुषगरी कुल तीनसय २६ अभियुक्त भएपनि ५८ महिला र एकसय ३७ पुरुषगरी कुल एकसय ९५ जनमा पक्राउ परे भने, एकयसय पुरुष र ३१ महिलागरी कुल एकसय ३१ जना अझै फरार छन् ।
मानव बेचबिखनको घटनामा सबैभन्दा बढी महिला पीडित हुन्छन् तर अभियुक्तमा पनि महिलाको संख्या उल्लेख्य देखिनु विडम्बना नै भएको सरोकारवालाहरुको भनाई छ । त्यसैगरी तीनसय ८१ महिला अभियुक्तमध्ये एकसय ६१ जना फरार रहनुले उनीहरू पनि कति दरिलो आत्मबलका साथ यस कुकर्ममा लागेका छन् भन्ने देखिन्छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भएको कार्यक्रममा गैरकानूनीरुपमा विदेश जादा त्यहाँ जादा कघतिसम्मको सास्ती वेहोर्नु पर्ने रहेछ भन्ने सन्देश दिदैं बृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दैं वक्ताहरुले यस्तो अपराधको नियन्त्रण कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने बताएका थिए । आर्थिक विपन्नता, अशिक्षा र बेरोजगारी, बसाइ सराई, बढी नाफाको व्यापार, भारतसँगको खुला सिमाना, परम्परागत र साँस्कृतिककारण बेचबखिन तथा ओसारपसारका प्रमुख कारण रहेको वक्ताहरुको भनाई थियो । स्थानीय दलाल, शहरबजारमा बस्ने दलाल, भारतीय दलाल, वेश्याबृत्ति तथा काम गर्ने ठाउँमा कार्यरत व्यक्ति, साथीसंगती भारतको वेश्यालयमा काम गर्ने व्यक्ति बेचबखिन तथा ओसारपसारमा संलग्न व्यक्तिहरु भएको कार्यक्रममा बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख उप्रेतीलगायतले बोल्नुभएको कार्यक्रममा कारितास नेपालका प्रादेशिक प्रवन्धक शंकर पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका सुरक्षा प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, दलका प्रमुख प्रतिनिधिसहित सर्वसाधारणको उल्लेखय उपस्थित रहेको थियो ।
पूर्वीनाकाबाट दुईवर्षमा एकहजारबढीको उद्धार
नेपाल प्रवेशको पूर्वी काँकरभिट्टा नाकाबाट वितेको दुईवर्षमा एकहजार ४० जनाको उद्धार भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा प्रहरीले विभिन्न संघ संस्थाको सहकार्यमा गैरकानूनीरुपमा विदेश हिडेकालाई सिमानाकाबाट उद्धार गरेको हो । आर्थिक वर्ष २०७९/०८० मा दुई ५४ महिला, ८३ जना पुरुष, ५७ बालक र एकसय ५७ बालिकागरी कुल पाँचसय ५१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा दुईसय ८३ महिला ५८ पुरुष, ६० बालक र एकसय ३८ बालिकागरी कुल पाँचसय ३९ जनाको उद्धार भएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा २५ महिला तीन पुरुष , तीन बालक र १६ बालिकागरी कुल ४७ जनाको उद्धार गरिसकिएको प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो दुक्ष्एवर्षमा मान बेचबखिनका मुद्धा दर्ता शुन्य भएपनि चालु आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला सुनसरी रामधुनी नगरपालिका ७ बस्ने ४० वर्षीय आइतबीर लिम्बुविरुद्ध मानव बेचबखिनको मुद्धा दर्ता भएको छ । जस्मा एकजना बालिका पीडित भएको बताइएको छ ।