अरुणोदय आवासीय माध्यमिक विद्यालयमा कप्तान पदस्थापन सम्पन्न

५ जेठ, मेचीनगर : काँकरभिट्टा स्थित अरुणोदय इङ्गलिस बोर्डिङ्गले नवनिर्वाचित कप्तानहरुको जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक सत्र २०८२ को लागि विभिन्न जिम्मेवारीमा नवनिर्वाचित कप्तानहरुलाई एक विशेष कार्यक्रम गरी पदस्थपन गरिएको हो ।
शैक्षिक सत्र २०८२ को लागि स्कुल कप्तानको जिम्मेवारीमा निर्वाचित कक्षा १० का छात्र शुभमप्रसाद घिमिरेलाई पूर्व कप्तान विधाता प्रसाईले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् । त्यसैगरी चालु शैक्षिक सत्रको लागि स्कुल सह कप्तानको जिम्मेवारी छात्रातर्फ कक्षा ९ कि छात्रा रेविका खड्का र छात्रतर्फ कक्षा ९ कै छात्र अश्विन गिरीले जिम्मेवारी सम्हालेका छन् । विद्यालयको साँस्कृतिक कप्तानको रुपमा कक्षा १० कि छात्रा आयुष्का रिजाले जिम्मेवारी सम्हालिन् भने अनुशासन कप्तानको जिम्मेवारी कक्षा १० कि छात्रा नायुमा राईले जिम्मेवारी लिइन् । विद्यालयको खेलकुद कप्तानको जिम्मेवारी कक्षा १० का छात्र शुभम् राजवंशीले प्राप्त गर्दा सहकप्तानको जिम्मेवारी कक्षा ९ बाट नै अर्पण राई र प्रकृति पोखरेलले प्राप्त गरिन् ।

विद्यालयको रातो, पहेँलो, हरियो र निलो सदनको कप्तानको जिम्मेवारी क्रमशः अनामिका रिजाल, श्रेया गौतम, चाँदनी थपलिया र शिक्षा राउतले पाए भने सहकप्तान तर्फ क्रमशः साहिल चौधरी, प्रनिश जोसी, आदित्य कार्की, विज्ञान काफ्लेले जिम्मेवारी लिएका छन् । विद्यालयको फूटबल कप्तान र सहकप्तानको जिम्मेजवारी क्रमशः राजु दर्जी र विपुल दाहालले पाएका छन् भने क्रिकेट तर्फको कप्तान र सहकप्तानमा क्रमशः सामाना मगर र रिम्सा राईले जिम्मेवारी लिएका छन् । त्यस्तै विद्यालयको भलिवल कप्तनको जिम्मेवारी आयुष्मा राजवंशीले पाउँदा सहकप्तानको जिम्मेवारी समिर मगर अनमोल अधिकारीले पाएका छन् ।
विद्यालयले यो शैक्षिक सत्रदेखि शिक्षक एवम् विद्यार्थीहरुको प्रोत्साहनको लागि हरेक महिना उत्कृष्ट शिक्षक र तहगत उत्कृष्ठ विद्यार्थी घोषणा गर्ने नयाँ अभ्यास सुरु गरिएको विद्यालयका निर्देशक रीता थापाले बताउनु भयो । कार्यक्रमा वैशाख महिनाको उत्कृष्ठ शिक्षकको रुपमा शिक्षक स्वेता प्रधानलाई पुरस्कृत गरिएको थियो भने तहगत रुपमा उत्कृष्ठ विद्यार्थीको रुपमा प्रि–प्राइमेरीबाट कृतिका जिसी, प्राइमेरीबाट प्रनिशा जोसी र सेकेण्डेरीबाट श्रेया गौतमलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो ।
मेचीनग नगरपालिका कार्यपालिका सदस्य एवम् अभिभावक अन्जु थापाको प्रमुख आथित्यता एवम् काँकरभिट्टा बहुमुखी क्याम्पसका आइटी प्रमुख सुजन प्रधानको आथित्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा अभिभाकको तर्फबाट विमला काफ्लेले मन्तव्य राख्दै विद्यालयको यो कदमबाट विद्यार्थीहरुमा आत्मविश्वस बढ्नुका साथै सानैदेखि नेतृत्व क्षमताको विकास हुने बताउनु भयो । कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक किरण अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका प्राइमेरी इन्चार्ज नेहा रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.