सरकारले पीसीआर परीक्षणको मूल्य २४ सय रुपैयाँ घटायो

काठमाडौं |सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो । 

सुरुमा सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो  । भदौ १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ लिएर पीसीआर गर्न पाइने निर्णय गरेको सरकारले आइतबार थप २४ सय रुपैयाँ घटाएको हो । 

पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटेसँगै अब दुई हजार रुपैयाँमा कोरोना परीक्षण हुनेछ । सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए । 

साभार: अन्नपूर्ण

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.