मेचीनगर,वैशाख २०। झापाको मेचीनगर नगरपालिकामा रहेको एक कोइला फ्याक्ट्रीमा आगलागी भएको छ। मेचीनगर नगरपालिका १५ मिलकोटी स्थित बायु ग्याँस कोइला फ्याक्ट्रीको बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन।
विद्युत सर्ट भएर आलगाली भएको र त्यहाँ कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।
अहिले त्यहाँ इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी ज्यामिरगढी र शसस्त्र प्रहरीको टोली परिचालित भएको छ। मेचीनगर नगरपालिका,बिर्तामोड नगरपालिका र मोरङको उर्लाबारी नगरपालिकाको दमकलले आगो निभाइरहेको छ। क्षतिको विवरण आउन बाँकी छ ।

























