तेह्रथुम । तेह्रथुम आठराई गाउँपालिका लेखापालले अध्यक्षमाथि मुक्का प्रहार गरेका छन् । आइतबार दिउँसो गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेको रकम निकासी गर्ने बिषयमा विवाद हुँदा लेखापालद्वारा अध्यक्षमाथि मुक्का प्रहार गरेका हुन् । गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न आग्रह गर्दा गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूमाथि लेखापाल सुजन थापाले अध्यक्षमाथि मुक्का प्रहार भएको एक कर्मचारीले बताएका छन् ।
सबै प्रकृया पूरा गरेर पनि रकम किन निकासी नगरेको ? भनेर प्रश्न गर्दा मैले के गर्न सक्छु ? भन्दै मुख लागेपछि हात हालाहालको स्थिती आएकाे बताइएकाे छ । अध्यक्षमाथि मुक्का प्रहार भएपनि सुरुमा कस्ले हात हालेको भन्नेबारेम खुलेको छैन । तर दुवै पक्षले आफूलाई पहिला मुक्का प्रहार भएको भन्ने दावी छ ।
गाउँपालिकाले रकम निकासी नगर्दा कोरोना महामारीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्य कर्मीहरुलाई दिइने जोखिम भत्ता समेत अझै निकासा हुन नसक्नुका साथै खानेपानी आयोजना, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका योजना, सडक निर्माणका योजनाहरुका सबै सबै रकम निकासीका लागि प्रकृया पुग्दा पनि लेखापालले रोकेर राखेको गाउँपालिकाकै कर्मचारीहरुको भनाइ रहेकाे छ ।

























