यौनजन्य व्यवहार विरूद्धको रोकथाम सचेतनामुलक कार्यक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

काँकडभिट्टा, १९ पुस | सार्वजनिक स्थलमा हुने यौनजन्य व्यवहार रोकथाम र नियन्त्रणमा सवैले भूमिका निर्वाह गर्नुपर्नेमा आइतबार झापाको काँकडभिट्टामा आयोजित कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । ‘सेफ्टी पिन क्याम्पिङ कार्ययोजना २०७७’ अनुसार गठन भएको समितिको व्यवस्थापनमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले काँकडभिट्टा वसपार्कमा आयोजना गरेको सार्वजनिक स्थल,सवारी साधनमा हुने यौनजन्य व्यवहार विरूद्धको रोकथाम सचेतनामुलक कार्यक्रममा सहभागीहरूले यस्तो जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक एवं सल्लाहकार समितिका संयोजक राजेन्द्र पोखरेलले सार्वजनिक स्थलमा कसैले यौनजन्य व्यवहार गरे तत्काल प्रहरीमा खवर गर्न आग्रह गर्नुभयो । उहाँले यस्ता व्यक्तिको नाम गोप्य राख्ने र घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाउने बताउनुभयो । प्रनाउ पोखरेलले यस्ता गतिविध कम गर्न समिति नै गठन गरेको र समितिले गोप्यरूपमा आफ्ना गतिविध गरीरहेको स्पष्ट पार्नुभयो ।

उहाँले सार्वजनिक स्थलमा महिलामाथि हुने जस्तोसुकै हिंसा न्यूनिकरण गर्ने र त्यसमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउने उद्घेश्यले मेचीनगरमा ‘सेफ्टी पिन क्याम्पिङ कार्ययोजना २०७७’ अनुसार सञ्जाल गठन गरिएको बताउनु भयो । मुलुकी (संहिता) ऐन २०७४ को दफा २२४ मा प्रष्ट लेखिएका कुनै पनि गतिविधि नगर्न उहाँले आग्रह गर्नुभयो ।

कसैले कसैलाई यौन दुव्र्यवहार  दुर्व्यवहार  गर्न वा गराउन नहुने, कसैले आफ्नो पति वा पत्नी वाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीको आसयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा, वा खोल्ने प्रयास गरेमा निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविकरुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धि आफ्नो अंग निजलाई छुन समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा वा विद्युतिय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्विर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिने मुलुकी (संहिता) ऐन २०७४ को दफा २२४ मा प्रष्ट लेखिएको छ ।

माईती नेपाल १ नम्वर प्रदेश संयोजक गोविन्द घिमिरेले यस्ता आपराधिक गतिविध नियन्त्रणमा प्रहरी र समितिको एक्लो प्रयास मात्र सम्भव नहुने भन्दै सवैको साथ सहयोगको आवश्यकता औल्याउनुभयो । समितिको अध्यक्ष वीना तामाङले महिलामाथि हुने नकरात्मक गतिविधलाई शुन्य पार्न विभिन्न चेतनामुलक काम गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव अनिता गुरागाईँले गर्नुभएको थियो ।

कार्यक्रममा यातायात, होटल, ट्राभललगायत अन्य व्यवसायीहरूको सहभागिता रहेको थियो । मेची सामुदायिक सेवा केन्द्र , माईती नेपाल,आफन्त नेपाल,साना हातहरू, विश्व सेवा विस्तार,आमा समुह, महिला जनचेतना केन्द्र, सहाशि महिला समुह संघ संस्थाले कार्यक्रमको समन्वय गरेका थिए ।

कार्यक्रममा काकरभिट्टा बजारको परिक्रमा समेत गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.