शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा पुनः गौतम

ज्येष्ठ सदस्यदेखि विद्यार्थीसम्म एउटै मञ्चमा सम्मान र पुरस्कृत

A notice in Nepali from Mechinagar Ward No. 10

४ पुस, मेचीनगर : शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि झापाको तेस्रो कार्यकालका लागि अध्यक्षमा पुनः नारायणप्रसाद गौतम सर्वसम्मत चयन हुनुभएको छ । २०६७ सालमा स्थापना भएको संस्थामा अध्यक्ष गौतमले दोस्रो कार्यकालदेखि अध्यक्षको भूमिका निर्वाह गदैं आउनु भएको छ । शनिबार सम्पन्न नवौं वार्षिक साधारण सभाले आगामी चारवर्षे कार्यकालका लागि गौतमलाई अध्यक्षमा पुनः चयन गरेको हो ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा संस्थाको सभाहलमा भएको साधारण सभाले उपाध्यक्षमा हरिप्रसाद न्यौपाने तथा सञ्चारक सदस्यमा गोविन्दप्रसाद न्यौपाने, रुद्रप्रसाद संग्रौला, देउमाया थापा, केन्द्रप्रसाद राजवंशी, भीमप्रसाद पोखरेल, अनिता थापा, बद्रीप्रकाश बास्कोटा, सुमित्रा पौडेल सापकोटा र हरिप्रसाद तिम्सिनालाई चयन गरेको छ ।

साधारण सभाले कृष्णप्रसाद दाहालको संयोजकत्वमा ती सदस्यीय लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा तुलसीप्रसाद भण्डारी र शिखा अर्याल हुनहुन्छ । साधारण सभामा उत्कृष्ण बचतकर्ता पदमबहादुर श्रेष्ठ, ऋण कारोवारकर्ता योगमाया लिम्बु, बाल बचतकर्ता सन्देश बराललाई मायााके चिनो र प्रमाण पत्रले सम्मान गरेको थियो ।

यसैगरी, विष्णु यशोदा केदारेश्वरी छात्रावृत्ति अक्षय कोषबाट सामुदायिक विद्यालयहरुमध्ये कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने संस्थाका शेयर सदस्यका छोराछोरी मध्ये दिपीन दाहाल तथा कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने छात्रा छात्रहरुमध्येबाट मोनालिसा पाण्डे र अभिकृत गौतमलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । पुरस्कारको राशी जनही ५ हजार ५ रुपैयाँ र सम्मान पत्र रहेको थियो । संस्थाले ज्येष्ठ सदस्यहरुमध्ये ६४ वर्षीय उमानाथ प्याकुरलेलाई सम्मान गरेको छ । सम्मनित तथा पुरस्कृत सबैलाई प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष ढकाल, संस्थाका अध्यक्ष गौतम, विशिष्ट अतिथिहरु बुद्धिमान कार्की, डिल्ली दाहाल, उपेन्द्रप्रसाद ओली, द्रोणकुमार श्रेष्ठ राष्ट्र सेवक सहकारी संस्थाका उपाध्यक्ष डिल्ली ढकाललगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष गौतमले संस्थाको विगत तथा वर्तमान अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएाके थियो । उपाध्यक्ष हरिप्रसाद न्यौपानेले सञ्चालन गरेको साधारण सभामा सहभागी सवैलाई सञ्चालक सदस्य योगमाया भण्डारीले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.