११ फागुन, धुलाबारी : माँ सरस्वती एजुकेशन फाउण्डेसनको अभिभावक भेलाले निर्मल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । फागुन ११ गते बसेको विशेष अभिभावक बैठकले निर्मल श्रेष्ठको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । अध्यक्ष श्रेष्ठ विभिन्न संघ संस्थामा आवद्ध रही सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ । समितिको सदस्यहरुमा दुर्गा लिम्बु, सबिना राई, सरस्वती पुरी, शान्ता राई, सरु बेघा र मनमाया मगर रहनु भएको छ । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दिपेन्द्र प्रधान रहनु भएको प्रधानाध्यपक दिपेन्द्र प्रधानले जानकारी दिनु भयो ।

























