मेचीनगर । नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा मेचीनगरका पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
कोरोना संक्रमण जोखिमका वापजुत सञ्चारकर्ममा सक्रिय रहेका मेचीनगरका ३८ जना फ्रन्टलाइमा रहेका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

आइतबार महासंघ झापा अध्यक्ष एकराज गिरीसहितको टोलीले सेनिटाइजर, फेस शिल्ड, ल्ढछ, सर्जिकल तथा कपडाका मास्क, केही थान थर्मोमिटरलगायतका सामग्री प्रेस क्लब मेचीनगरलाई हस्तान्तरण गरेको छ ।
महासंघले प्रदान गरेको स्वास्थ्य सामग्रीहरु प्रेस क्लबमार्फत वितरण गर्न सुरु गरिरएको क्लबका सचिव जीआर धितालले बताउनु भयो ।
सो अवसरमा महासंघ झापा अध्यक्ष गिरीले कोभिडबाट बचेर सञ्चारकर्ममा लाग्न सबै पत्रकारहरुलाई आग्रह गर्नुभयो । वहाँले कोभिडको समयमा सावधानी अपनाउँदै समाजमा घटेका सत्यतथ्य घटनाबारे आम नागरिकलाई सुसूचित गराउन अनुरोधसमेत गर्नु भयो।
प्रेस क्लब मेचीनगरको कार्यालय संक्षिपप्तरुपमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ झापा अध्यक्ष गिरी, प्रेस क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन झापा अध्यक्ष झुलन रेग्मी लगायतले बोल्नु भएको थियो ।

सोही अवसरमा झापाली सञ्चारकर्मीहरुको अभिभावक संस्था पत्रकार महासंघ झापा शाखालाई प्रेस क्लब मेचीनगरको तर्फबाट एक हजार थान मास्क प्रदान गर्ने क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिनु भयो ।
पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रमको समापन क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले गर्नु भएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ झापाको तर्फबाट अध्यक्ष, उपाध्यक्ष सहित कोषाध्यक्ष रञ्जीत प्रसाई, सदस्य रञ्जीत परियार, प्रेस क्लब मेचीनगरका पदाधिकारी, पत्रकारहरुको सहभागीता रहेको थियो ।
























