जिल्ला सहकारी संघ झापाले शुरु गर्यो अस्पताल बनाउने पहल

A notice in Nepali from Mechinagar Ward No. 10

१३ जेठ, झापा । नयाँ र रचनात्मक अभियान चलाउन र नेतृत्व गर्न सक्षम बन्दै गएको झापामा जिल्ला सहकारी संघले पनि ‘हाम्रो सहकार्यमा सम्भव छ अभियान’ कार्यक्रम अगाडि सारेको छ । जस अन्तर्गत करिव १०० करोडको लागतमा सामुदायिक सहकारी अस्पताल निर्माणको अवधारणा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् प्रस्ताव गरिएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलको प्रमुख आतिथ्यमा जुम एप्समार्फत् पत्रकार सम्मेलन गरिएको हो । संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले सहभागीहरुलाई शाब्दिक स्वागतसहित समुदाय, सहकारी, एनआरएन, विदेशमा रहेका झापालीहरुको संघ–संस्थाको सहकार्य र समन्वयमा नयाँ कार्यक्रम प्रस्ताव गरिएको जनाए ।

सम्भव छ अभियानबारे तयार गरिएको स्लाइड प्रस्तुत गर्दै अध्यक्ष ढकालले झापाका सम्पूर्ण सहकारी संघ–संस्था, कर्मचारी र नागरिकको समेत योगदानबाट जिल्ला सहकारी संघको नेतृत्वमा स्वास्थ्य तथा सामाजिक विकास कोष निर्माण गर्ने योजना रहेको सुनाए । सो कोषमा नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ र स्थानीय सरकार लगायत सरोकारवाला निकायको समेत सहयोग र सद्भाव रहने संघको अपेक्षा छ ।

अध्यक्ष ढकालले एक अर्बको लगानी प्रस्ताव गरिएको योजनामा ५० करोड रुपैयाँ हाराहारी संकलन भएपछि काम प्रारम्भ गर्ने र चार वर्षभित्रमा अस्पताल सञ्चालनमा ल्याउन सकिने सुनाए । गएको वर्ष कोरोना महामारीको नियन्त्रण, रोकथाम एवम् राहतका लागि चार करोड सहयोग गर्ने झापाको सहकारी अभियानमा निर्दिष्ट योजना भए अर्थ संकलनमा अप्ठेरो नहुने अध्यक्ष ढकालले बताए ।

 

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कडेलले आजको मानिस आफ्नो स्वास्थ्य र जीवनरक्षाका लागि जस्तोसुकै योगदान गर्न अग्रसर रहेकाले जिल्ला संघले अस्पताल बनाउन अघि सारेको प्रस्तावको सराहना गरे ।

संघका सचिव भवानीप्रसाद दंगालले सहजीकरण गरेको भर्चुअल बैठकमा सहकारी अभियान र पत्रकारिता क्षेत्रका दर्जनौं सहभागीहरुले प्रतिक्रिया, सुझाव र जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.