ताइवानबारे अमेरिका र चीनका राष्ट्रपतिबीच दुई घन्टा फोनवार्ता, एक अर्कालाई दिए चेतावनी

A notice in Nepali from Mechinagar Ward No. 10

१३ साउन, काठमाडौँ : अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच बिहीबार टेलिफोन वार्ता भएको छ।

दुई घण्टा लामो संवादमा ताइवानको विषयलाई लिएर दुवै नेताले एक अर्कालाई चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति बाइडनले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको उल्लेख गर्दै चिनियाँ समकक्षीलाई ताइवानको हैसियत परिवर्तन गर्ने एकपक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन्।

यसै क्रममा सी जिनपिङले बाइडेनलाई ‘एक चीन’ नीति अपनाउन आग्रह गरेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले अमेरिकालाई आगोसँग खेल्ने जोसुकैलाई जलाउने चेतावनीसमेत दिएका छन्।

साथै अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समाचारलाई लिएर चीन आक्रोशित भएको छ। भ्रमणअघि नै यो विषयलाई लिएर दुई देशबीच तनाव बढेको छ।

न्यान्सी पेलोसी अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति हुन्। यसैबीच अमेरिकी विदेश मन्त्रालयले न्यान्सीले कुनै पनि यात्राको घोषणा नगरेको बताए पनि चीनले ताइवानको यात्रा गरेमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

ताइवान आफ्नो प्रान्तमध्ये एक हो, जुन अन्ततः एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ। अर्को तर्फ ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्छ।

तर वासिङ्टनले ताइवानको कूटनीतिलाई एक चीन नीतिअन्तर्गत स्वीकार गरेको छैन। अमेरिकाले प्रजातान्त्रिक शासन व्यवस्था रहेको स्वशासित ताइवानको आत्मरक्षाका लागि हतियारसमेत बिक्री गर्दै आएको छ।

बिहीबार दुई राष्ट्रपतिबीच भएको टेलिफोन संवाद ‘प्रत्यक्ष र इमानदार’ भएको प्रतिक्रिया दिँदै बाइडन प्रशासनका एक अधिकारीले उनीहरूबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए।

बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उनकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गरेका थिए। तर बाइडन राष्ट्रपति भएपछि हालसम्म दुई नेताबीच भेट भएको छैन।

ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच ताइवान बाहेक जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको थियो।

यस्तै टेलिफोन संवादपछि बेइजिङले जारी गरेको वक्तव्यमा दुई नेताका धेरै विषयमा कुरा मिले पनि अमेरिकाले सम्बन्ध खराब बनाएको आरोप लगाएको छ।(सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.