अमेरिकामा आज संसदीय निर्वाचन

A notice in Nepali from Mechinagar Ward No. 10

२२ कात्तिक : अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ। निर्वाचन अघिसम्म राष्ट्रपति जो बाइडेनले मेरिल्याण्डमा र रिपब्लिकन नेता डोनल्ड ट्रम्पले ओहायोमा आफ्नो अन्तिम चुनावी ¥याली गरिरहेका छन्।

मेरिल्याण्डको ऐतिहासिक ब्ल्याक युनिभर्सिटीमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यो निर्वाचन जनमत संग्रह नभई अमेरिकाका लागि दुई दृष्टिकोणबीचको प्रतिस्पर्धा भएको बताए।

बाइडेनले सन् २०२० को जनवरी ६ मा यूएस क्यापिटल हिलमा भएको आक्रमणको स्मरण गराउँदै कसलाई समर्थन गर्ने भन्ने जवाफ आफैले खोज्न मतदातालाई आग्रह गरे।

बाइडेन २०२० मा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका थिए। राष्ट्रपतीय निर्वाचनको ठिक दुई वर्षपछि र अर्को राष्ट्रपतीय निर्वाचनको ठिक दुई वर्षअघि अमेरिकामा मध्यावधि निर्वाचन हुने गरेको छ। यो निर्वाचनले सरकारका कामप्रति नागरिक कत्तिको सन्तुष्ट छन् वा छैनन् भन्ने कुरा व्यक्त गर्दछ।

यो निर्वाचनमा हाउस अफ रिप्रजेन्टेटिभका सबै ४ सय ३५ सिट र सिनेटका ३४ सिटमा प्रतिस्पर्धा हुने गरेको छ।  अमेरिकामा नोभेम्बरको पहिलो मंगलबार मध्यावधि निर्वाचन हुने प्रचलन छ। पहिलो मंगलबार पहिलो तारिखमै परेमा भने दोस्रो मंगलबार हुने प्रचलनअनुसार आज हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.