अमेरिकी संसदमा हुलदंगा गर्नेहरुको बिच भारतीय झण्डा देखिनु आपत्तीजनक : भारतीय सञ्चार माध्यम

A notice in Nepali from Mechinagar Ward No. 10

अमेरिकी संसदमा ट्रम्प समर्थकले आक्रमण ,हुलदंगा गर्नेहरुको बिचमा एउटा भारतीय झण्डासमेत फहराएको कुरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
बिहिबार अमेरिकी संसदमा ट्रम्प समर्थकले आक्रमण गरेका थिए । हुलदंगा गर्नेहरुको हातमा अमेरिकी झण्डा, राष्ट्रपति ट्रम्पका ब्यानर सगै भारतीय झण्डा समेत देखिएको थियो ।

ह्वाइट हाउस अगाडि भारतको झण्डा बोकेर को गएको थियो भन्नेबारे केही खुलेको छैन। भारतीय मूलको आप्रवासी, या मोदी ट्रम्पको मित्रतामा रमाइरहेको जो सुकै भए पनि उनको परिचय खुलाइएको छैन।

भारतीय मिडिया द हिन्दुस्तान टाईम्स, टाईम्स अफ इन्डिया लगायतका अखवारहरुले यसरि अर्काको देशको संसदमा भारतीय तीन रङको झण्डा देखिनु आपत्तीजनक रहेको उल्लेख गरेका छन्।

भारतीय नागरिकहरुले हाल यस विषयमा सामाजिक सन्जालमार्फत ब्यापक बिरोध गरिरहेका छन्। अधिकांशले यो झण्डा कसरी त्यहाँ पुग्यो, कसले लग्यो छानबिन हुनुपर्ने भन्दै कारवाहिको मागसमेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.