पिपिई सेट लगाएर मितेरी पुलमा यसरी कुरा गरे नेपाल र चीनका अधिकारीहरूले

A notice in Nepali from Mechinagar Ward No. 10

बिहीबार दिउँसो रसुवाको रसुवागढी नाकामा रहेको नेपाल-चीनबीचको मितेरी पुलमा दुबै देशका अधिकारीहरू पुगेका थिए।

आपसमा कुरा गर्न पुगेका उनीहरू सामान्य लुगा लगाएर गएका थिएनन्। दुबैतिरका सबै जनाले सेतै पिपिई सेट, फेससिल्ड लगाएका थिए।

रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार चिनियाँ पक्षले रसुवा जिल्लामा कोरोना संक्रमणको अवस्थाबारे बुझ्न खोजेपछि दुई पक्षीय वार्ता भएको हो।

‘हामी पनि पिपिई सेट लगाएर गएका थियौं। उहाँहरू पनि त्यसरी नै आउनुभएको थियो। मितेरी पुलमा उहाँहरू आफ्नोतिर, हामी आफ्नोतिर बसेर कुरा गर्‍यौं,’ प्रजिअ ढकालले भने।

दुबै पक्षबीच २० मिटरको दूरी कायम गरिएको थियो। दोभाषेसहित दुबैतिरबाट छ-छ जना सम्मिलित थिए। नेपाली पक्षको नेतृत्व प्रजिअ ढकालले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व जिलोङ (केरूङ) पोर्ट एडमिनिस्ट्रेसनका निर्देशक दा चुनले गरेका थिए।

‘दोभाषेको कुरा सुन्न माइकको पनि व्यवस्था गरिएको थियो,’ ढकालले भने।

दुई पक्षबीच झन्डै डेढ घन्टा कुराकानी भएको थियो।

‘कोरोना महामारीका बारे चिनियाँ पक्ष निकै संवेदनशील छ। उहाँहरूले रसुवामा कोरोनाको अवस्था के छ? नाकामा आउने चालकहरूले कोरोना खोप लगाएका छन् कि छैनन्? जस्ता कुराहरू सोध्नुभएको थियो,’ ढकालले भने,‘हामीले हाम्रो अवस्थाबारे भन्यौं।’

ढकालका अनुसार रसुवा जिल्लाभरि अहिले कोरोनाभाइरसका २१ जना सक्रिय संक्रमित छन्।

२०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल-चीन व्यापारको मुख्यमार्ग रसुवागढी नाका भएको थियो। २०७६ बाट कोरोनाभाइरसको महामारी सुरू भएपछि अहिले उक्त नाकामा पनि व्यापार सुस्त भएको छ।

प्रजिअ ढकालका अनुसार अहिले केरूङबाट दैनिक १२-१३ कन्टेनर सामान नेपाल आउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.