
झापाको मेचीनगर —१ स्थित पर्यटकीयस्थल मिनि माउण्टेनमा बिहिबार आयोजित क्लबको वार्षिक बैठक र रोटरी पिकनिक २०२५ को अवसरमा खनियाँ सन् २०२६-२७ का लागि सर्व सम्मत चयन भएकी हुन् । उनी २०२५÷०२६ को प्रेसिडेन्ट ईलेक्ट हुन् ।

२०२५-२६ का अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन पश्चात सन् २०२६-२०२७ का अध्यक्ष लक्ष्मीदेवी खनियाँले आफ्ना सदस्यहरुको नाम घोषणा गरेकी थिईन् । रोटरीको मान्यता अनुसार (प्रेसिडेन्ट इलेक्ट) स्वतः अध्यक्ष (प्रेसिडेन्ट) हुने प्रावधान छ । सोहि अनुसार खनियाँ २०२६-२७ को अध्यक्षमा चयन भएकी हुन् । रोटरी क्यालेन्डर अनुसार जुलाई १ तारिखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा अध्यक्ष खनियाँसहित सदस्यहरुले आगामी २०२७ जुलाई १ तारीखबाट आफ्नो पदभार ग्रहण गर्नेछन् ।
क्लब एडमिनिस्ट्रेशन चियरमा सुजन प्रधान, मेम्बर सीप चियरमा रीता प्रधान, पब्लिक इमेज चियरमा दुर्गाबहादुर लुईँटेल, सर्भिस प्रोजेक्ट चियरमा राजु मर्हजन, टिआर एफ चियरमा इञ्जिनियर रुद्र मैनाली, युथ चियरमा पेमा तामाङ, सरजेन्ट एट आम्र्समा राधिका गुरुङ, क्लब ट्रेनरमा डाक्टर आनन्दराज खानल, क्लब मेन्टरमा रोहितकुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।
यसैगरी, क्लब सल्लहाकारमा पूर्वअध्यक्षहरु गोपाल तामाङ, अशेककुमार श्रेष्ठ, मोहन निरौला, कमल थापा, कृष्णकान्त खनियाँरहेका छन् ।

अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकडभिट्टाको सन् २०२५-२०२६ अध्यक्ष श्रेष्ठलाई रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन सेभेनका सहसचिव सुजन प्रधानले कलर पहिर्याईदिए पछि बैठक कल गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले रोटरीबाट सिक्नुपर्ने धेरै कुरा भएको भन्दैं नेतृत्व चयनका लागि रोटरीको प्रणाली निक्कै प्रशंसा योग्य रहेको बताए । रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको अहिले विश्वभर प्रशंसा भएको प्रदेश सभा सदस्य तामाङले खुलेरै चर्चा गरे । आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने उनले विश्वास व्यक्त गरे । उनले अब समाज रुपान्तरण र परिवर्तमा सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले सवै चियरहरुकोतर्फबाट भए गरेका कामका बारेमा बताए । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान, सन् २०२५-२०२६ का अष्सिटेण्ड गर्भनर (एजी) निकिता गिरीले रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अब आफ्नो लागि मात्र नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेकको सोच हुनुपर्ने धारणा राखेकी थिइन् ।
उनले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौँ भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राखिन् । रोटरी क्लब अफ काँकरभिट्टालाई रचनात्मक सुझावसमेत उनले प्रदान गरिन । कोषाध्यक्ष दुर्गाबहादुर लुईँटेलले चार लाख ७६ हजार पाँच सय ९० रुपैयाँ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०२५-०२६ का सचिव रविन सुवेदीले सञ्चालन, सन् २०२६-०२७ का प्रेसिडेन्ट नोमिनी युवराज भट्टराईले सहभागी सवैलाई शब्द मार्फत स्वागत र क्लबका सर्भिस प्रोजेक्ट चियर राजु मर्हजनले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्व नगरप्रमुख विमल आचार्यलगायतको सहभागिता रहेको थियो ।
मिडिया संयोजकमा लक्ष्मी

सूर्याेदय टेलिभिजनको कार्यक्रम प्रस्तोता, मेरो मेचीनगर डट कम न्यूज पोर्टलको सम्पादक तथा प्रतिदिन दैनिक पत्रिकाको सम्पादन टिममा कार्यरत पत्रकार उप्रेती सन् २०१९-२०२० देखिनै रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका मिडिया संयोजक जिम्मेवारी निर्वाह गदैं आएका छन् । बैठकबाट पत्रकार उप्रेतीकै नाम सर्वसम्मत गरिएको पव्लिक ईमेज चियर दुर्गाबहादुर लुईँटेलले बताए ।

























