शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लियो विप्लव समूहले

श्रेष्ठले प्रहरी बोलाएर ‘दमन गराएको’ : चन्द विप्लवको समूह विज्ञप्ति

A notice in Nepali from Mechinagar Ward No. 10

नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ।

तर, उसले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको छ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो।

उक्त समूहको मेची-कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याबारे आफ्नो भनाइ सार्वजनिक गरेको गर्दै उनी मारिनुको कारण खोलेको हो।

विप्लव समूहले ५२ वर्षीय शिक्षक श्रेष्ठलाई घरैबाट लगेर जंगलमा हत्या गरेको थियो। समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको दाबी गरेको छ।
तर, प्रत्यक्षदर्शीले भने उनलाई घरैबाट बाँधेर विप्लव समूहले लगेको बताएका थिए र विप्लव समूहका ६ जना थिए। यति संख्याको समूहसँग श्रेष्ठले कसरी प्रतिकार गर्न सके भन्ने कुरा खुलाइएको छैन।

यस्तै, प्रतिकार गर्दा घाँटी नै रेटेर हत्या गर्नुपर्ने कारणबारे पनि केही भनिएको छैन। प्रहरीका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई हात बाँकेर धारिलो हतियारले घाँटी रेटिएको छ।

श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची-कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा गरिइको छ।

उसले श्रेष्ठले लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक-पटक चेतावनी दिँदा अनसुध्रिएको दाबी गरेको छ।

‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’

श्रेष्ठले जनताका घरमा पटक-पटक प्रहरी पठाएर नेता-कार्यकर्तालाई खान-बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको दाबी विज्ञप्तिमा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.