हतारमा हिँड्ने बानीले क्यान्सरको जोखिम कम

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन, काठमाडौँ : बस चढ्नका लागि मात्रै पनि दौडदा कम्तीमा १३ किसिमका क्यान्सरको जोखिम कम हुने जामा ओन्कोलोजीको एक अध्ययनले देखाएको छ । अध्ययनका लागि २२ हजारभन्दा बढी पुरुष र महिलाको एक्टिभिटी ट्रयाकरबाट तथ्यांक संकलन गरिएको थियो ।

अध्ययनले दैनिक कम्तीमा तीन मिनेट द्रुत गतिमा हिँड्ने, हतारमा सिँढी चढ्ने वा बस सेवाका लागि हतार गरेर हिँड्ने मानिसमा विभिन्न किसिमका क्यान्सरबाट मृत्यु हुने सम्भावना ३० प्रतिशत कम देखिएको अध्ययनले जनाएको छ ।

यस्ता मानिसले कुनै अभ्यास नगरे पनि एक ठाउँबाट अर्को ठाउँमा बिस्तारै हिँड्ने व्यक्तिभन्दा क्यान्सरको सम्भावना कम देखिएको हो । “यो एक प्रभावशाली विश्लेषण र अध्ययन हो,” ह्युस्टनको एमडी एन्डरसन क्यान्सर सेन्टर कार्डियोलोजीका पूर्वप्राध्यापक सुसान गिलक्रिस्टले भनिन् । क्यान्सरको जोखिम र व्यायामको अध्ययन गर्ने उनी यो नयाँ अनुसन्धानमा भने संलग्न थिइनन् ।

यो अध्ययनले बलियो व्यायाम गर्ने र श्वासप्रश्वास बढाउने गतिविधिले क्यान्सरबाट जोगाउने पूरानै अध्ययनलाई आधार बनाएको छ । तर, यो अध्ययनले औपचारिक व्यायामबाहेक हामीले दैनिक जीवनमा गरिराख्ने गतिविधिले पनि क्यान्सरबाट जोगाउन सक्ने देखाएको हो ।

यो अध्ययन भन्दा पहिले नै पनि विज्ञानको अभ्यासले क्यान्सरको जोखिम कम गर्ने देखाइसकेको छ । सन् २०१६ मा पनि जामाको इन्टरनल मेडिसिनले गरेको अध्ययनले यदि महिला र पुरुषले दैनिक अभ्यास गरे भने, स्तन, पेट, कोलोन र ब्लड क्यान्सरजस्ता १३ क्यान्सरको जोखिम कम हुने देखाएको थियो ।

दैनिक कम्तीमा ३० मिनेट अनिवार्य व्यायाम गर्नुपर्ने आग्रह स्वास्थ्य एजेन्सीहरूको छ । सन् २०२२ को एक विश्लेषणले अमेरिकामा वार्षिक तीन प्रतिशत अथवा ४६ हजार ३५६ क्यान्सरका केसहरूको अभ्यास गर्ने गरेको व्यक्ति भए नहुने देखाएको थियो ।

तर, यो अनुसन्धानमा धेरैजसो व्यक्तिहरू लगभग हरेक दिन कम्तीमा ३० मिनेट वा सोभन्दा बढी व्यायाम गर्ने व्यक्तिहरू समावेश थिए । त्यसैले केही वैज्ञानिकहरूले अभ्यास कम गर्दा पनि क्यान्सरको जोखिम रोकिन सक्छ अथवा कस्ता किसिमका क्यान्सरको कुन हदसम्म जोखिम कम हुनसक्छ भन्ने अध्ययन थालेका छन् ।

१२ खरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.