एउटै शरीरमा भाले र पोथी

A notice in Nepali from Mechinagar Ward No. 10

कोलम्बियामा एउटै शरीरमा भाले र पोथी भएको दुर्लभ चरा फेला परेको छ। यो चराको शरीरको आधा भाग नीलो र आधा भागमा हरियो प्वाँख छ। विज्ञका अनुसार सय वर्षमा यस्तो चरा फेला परेको यो दोस्रो पटक हो।

चराचुरुङ्गीमा विशेष रुचि राख्ने जोन मुरियोले कोलम्बियामा यस्तो चरा फेला पारेका हुन्। यो चराको देब्रे पट्टीको प्वाँख हरियो छ। यो प्रजातिका पोथी चरामा मात्र हरियो प्वाँख हुन्छ। दाहिने पट्टीको प्वाँख भने भालेमा मात्र हुने खालको नीलो छ। मुरियोले आफूले देखेको चराको कुरा न्यूजिल्याण्डको युनिभर्सिटी अफ ओटागोमा जीवशास्त्र प्राध्यापन गर्ने हमिस स्पेन्सरलाई बताए। चरा विज्ञ स्पेन्सर क्रमविकास-अनुवंशशास्त्री हुन्।

‘त्यो निकै रोचक थियो। अधिकांश पन्छी अवलोकनकर्ताले आफ्नो जीवनमा शरीरमा भाले र पोथी भएको चरा देख्न पाउँदैनन्। जोनले पत्ता लगाएको कुराबाट म लाभान्वित भँए।’ प्राध्यापक स्पेन्सरले भने। ‘प्राय यो जातको चरामा भालेको पुरै प्वाँख नीलो र पोथीको पुरै प्वाँख हरियो हुन्छ।’​

स्पेन्सरका अनुसार भाले र पोथी दुवैथरी गुण एउटै पन्छीमा देखिएको अवस्था निकै दुर्लभ हुन्छ। द्विपाश्वीय स्त्रीपुरुषता (आधा भाग भाले र आधा भाग पोथी) मा हुँदा जीवको एउटा भागले भालेको गुण र अर्को भागले पोथीको गुण देखाउँछ।

सय वर्षको अभिलेखअनुसार उक्त चराको प्रजातिमा भाले र पोथी भिन्नाभिन्नै हुने प्रजातीमा एउटै शरीरमा भाले र पोथीको गुण भएको जीव भेटिनु र लिङ्ग पहिचान र पन्छीको यौन व्यवहार बारेमा हाम्रो बुझाइ महत्वपूर्ण छ।​

द्विपाश्वीय स्त्रीपुरुषताको यो उदाहरणले अरु प्रजातीमा जस्तै चराको एउटा भाग भाले वा पोथी हुन सक्ने अनुमान गरिएको छ।(थाहाखबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.