भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि संगठित हुनुपर्छ – नगरप्रमुख बुढाथोकी

A notice in Nepali from Mechinagar Ward No. 10

११ फागुन,  मेचीनगर : मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भाषा, संस्कृति र संस्कारको जगेर्नाका लागि समुदाय संगठित हुन आवश्यक रहेको बताएका छन्।

‘धिमाल महिलाको एकता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ धुलाबारीस्थित रोयल निर्भाणमा आयोजित प्रथम राष्ट्रिय धिमाल महिला भेलामा प्रमुख अतिथि रहेका नगरप्रमुख बुढाथोकीले समुदायले आफ्नो मौलिक पहिचान बचाइराख्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखे।

“धिमाल समुदायले आफ्नो भाषा, संस्कृति र संस्कार जोगाउने जिम्मेवारी रगत वा अनुहारको पहिचानले मात्र निर्धारण गर्दैन,” उनले भने, “यसको संरक्षणका लागि संगठित भएर अघि बढ्न जरुरी छ।”

कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, धिमाल जाति विकास केन्द्रका संस्थापक पात्र धिमाल, माईपूर्व (माझिवारङ) का उपाध्यक्ष प्रसाद धिमाल, धिमाल धुलाबारी समाजका अध्यक्ष सुरज धिमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

राष्ट्रिय भेलाले धिमाल महिला संघको केन्द्रीय कार्यसमितिमा चार जना नयाँ सदस्य थप गरेको छ। नव-नियुक्त सदस्यहरूमा सृजना धिमाल, सबिना धिमाल, सुनिता धिमाल र पूजा धिमाल रहेका छन्।

संघको यसअघिको कार्यसमितिमा अध्यक्ष मञ्जु धिमाल, उपाध्यक्ष रमलादेवी धिमाल, सचिव बेनुका धिमाल, सहसचिव लेलीना धिमाल, कोषाध्यक्ष निर्मा धिमाल तथा सदस्यहरू रञ्जु धिमाल, विजयता धिमाल, बुधनी धिमाल र कल्पनादेवी धिमाल रहेका छन्।

कार्यक्रमको अध्यक्षता धिमाल महिला संघकी अध्यक्ष मञ्जु धिमालले गरेकी थिइन्। स्वागत मन्तव्य सचिव बेनुका धिमालले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सहसचिव लेलीना धिमालले गरेकी थिइन्।

राष्ट्रिय भेलाले धिमाल महिला संघ झापा जिल्ला समितिलाई पनि सर्वसम्मत चयन गरेको छ।

नव-निर्वाचित झापा जिल्ला कार्यसमितिमा झलक धिमाल अध्यक्ष, लक्ष्मी धिमाल उपाध्यक्ष, गौरी धिमाल सचिव, सुस्मिता धिमाल सहसचिव, दीलसरी धिमाल कोषाध्यक्ष तथा सदस्यहरूमा सुस्मिता धिमाल, मीना धिमाल र रेखा धिमाल चयन भएका छन्।

यो भेलाले धिमाल समुदायको पहिचान र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.