रोट्याक्ट क्लब दमकको ” आमा सक्नु हुन्छ ” तालिम समापन, तालिम सिर्जनात्मक र रचनात्मक भएको सहभागीको भनाइ

A notice in Nepali from Mechinagar Ward No. 10

दमक , पौष २८ । रोटरी क्लब अफ दमकले स्थापना गरेको आरसीसी दमक ताराबारी र रोट्याक्ट क्लव अफ दमकको संयुक्त आयोजनामा सन्चालन गरिएको साताव्यापी आमाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास कार्यक्रम आज सम्पन्न भएको छ ।

आरसीसी  दमक ताराबारीका सदस्य होमनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा दमक वडा नम्बर ३ का वडा अध्यक्ष नवीन बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रोटरी क्लब दमक अध्यक्ष शान्ता ढकाल, रोट्याक्ट क्लब अफ दमक अध्यक्ष दधिराम ढकाल, रोटरी क्लब अफ दमक उपाध्यक्ष पदम बराल लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सातदिने कार्यक्रममा फरक फरक क्षेत्रका विभिन्न व्यक्तिहरुले सहजिकरण गर्नु भएको थियो । तालिममा सहभागीले आफूहरूमा आत्मविश्वास बढेको सहभागीहरुले बताएका छन् । तालिम लिईसकेपछि अब जुन सुकै सभा समारोहमा अगाडि सरेर बोल्ने र गाउँघरमा पछी परेर नबस्ने सहभागी बन्नु भएकी सीता ढकालले बताउनु भयो ।

गाउँमा कार्यक्रम ल्याएर महिलाहरुको नेतृत्व विकासमा सहयोग पुर्याएकोमा रोट्याक्ट क्ल्ब अफ दमकलाई  धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै सिर्जनात्मक रचनात्मक तथा सीप विकासका तालिमहरु प्रदान गर्न तालिममा सहभागी ५२ बर्षिय शोभा पाण्डेले अनुरोध गर्नुभयो । समापन कार्यक्रमलाई सात दिने “आमा सक्नु हुन्छ ” कार्यक्रमका सहभागी चम्मा खनाल आचार्यले  सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.