संसद्को बजेट अधिवेशन आजदेखि, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२८ वैशाख,  काठमाडौं : सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। नेपालको संविधानको धारा ९५ अनुसार अपराह्न ४ बजे संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।

संविधानमा प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजेसम्म उपस्थित भइसक्न प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई संसद् सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट जारी अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने कार्यसूची रहेको छ।

त्यसैगरी, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत जारी ‘बाधा अड्काउ फुकाउ’ आदेश अनुमोदनका लागि पेस गरिने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि छलफल अघि बढाइनेछ।

आजको बैठकमा सरकारले जारी गरेका विभिन्न अध्यादेश पनि संसद्मा पेस हुने भएका छन्। ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गरिने संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.