मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । रुपैयाँपैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ, धन लगानी गर्ने अवसर पाउनुहुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सहयोग, पुरस्कार र हौशला जस्ता कुरा हरुमा बृध्दि हुनेछ, बिग्रिएका कामहरु बन्ने छन । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिएला । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ, सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन्। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । प्रतिष्ठा कमाउने काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । यावसायिक काममा राम्रै फाइदा मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धर्मकर्ममा रुची बढ्नेछ, खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय उत्साह प्रद देखिन्छ । प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ । नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ । शुभचिन्तकहरूको सुझावलाई वेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ, विश्वास गरेकाबाट धोका हुन सक्छ । पठन–पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्नसक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला ।
तपाईंको दिन शुभ रहोस् ।
ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३
























