काँकरभिट्टामा भ्यू टावरको शिलान्यास

सवैक्षेत्रको साथ सहयोगको अपेक्षा

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १ माघ | झापाको मेचीनगर नगरपालिका —६ काँकरभिट्टास्थित शिवालय मन्दिर परिसरमा निर्माण हुने भ्यू टावरको विहीबार शिलान्यास गरिएको छ । १ नम्बर प्रदेश सरकारको उद्योग, वन, तथा वातावरण मन्त्रालय र मेचीनगर नगरपालिकाको लागत सहभागितामा निर्माण हुन लागेको भ्यू टावरको १ नम्बर प्रदेश सभा सदस्यत्रय श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र नगरमा रहेका क्रियाशील राजनीति दल विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

नगरप्रमुख आचार्यको सभापतित्वमा भएको शिलान्यास समारोहमा १ नम्बर प्रदेश सरकारको ७० र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागतमा उक्त भ्यू टावर बन्न लागेको बताइएको छ । २०७७ साल मंसिर २९ गते श्री कन्काई इन्टरनेशनल विल्डर्स प्रालिसँग आयोजना निर्माणका लागि सम्झौता भएको थियो । मुल्य अभिवृद्घि कर भ्याट बाहेक ४ करोड ५३ लाख ४७ हजार ३ सय ७० रुपैयाँआयोजनाको कुल लागत भए पनि २७ प्रतिशत कममा अभिवृद्घि कर भ्याट बाहेक ३ करोड २९ लाख ९३ हजार ५ सय ८३ रुपैयाँमा आयोजनाको समझौता भएको छ । २०७७ माघ १० गतेबाट आयोजना काम शुरु गरी २०७८ पुस २९ गते आयोजनाको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यो आयोजनाबाट २० हजार लाभावन्तित हुने बताइएको छ ।

शिलान्यास समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले मेचीनगर पालिकाकातर्फ नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले यो भ्यू टावर निर्माणका लागि निक्कै पहल गरेका कारण प्रदेश सभा सदस्यहरुले १ नम्बर प्रदेश सरकारसँग कुराकानी गरे पछि अर्थमन्त्रालयमा गएर नगरपालिकाले ३० र प्रदेश सरकारले ७० प्रतिशत व्यहोर्ने सहमति भएपछि अर्थमन्त्रीले बजेट बक्तव्यमा यसमा समेटेको बताउनुभयो । उहाँका अनुसार २ करोड रुपैयाँ प्रदेश सरकारबाट प्राप्त भए पनि कोभिडका कारण ६० लाख रुपैयाँ नगरपालिकाले तत्काल निकाल्न नसकेपनि असारमै ठेक्का प्रक्रिया शुरु गरिएको थियो ।

१ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले यो आयोजना समयमै सम्पन्न गर्न सवैले आ—आफ्नोक्षेत्रबाट साथ सहयोग पहल सकरात्मकरुपमा अघि बढन् शुभकामना दिनुभयो । नेपालमा थ्रुप्रै परियोजना योजनाहरु शिलान्यास हुने भन्दैं तर, शिलान्यास हुदैंमा ढुक्क हुने अवस्था नरहेको उहाँको भनाई छ । यसको निरन्तर खवरदारी गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य राधा थापा सवै राजनीतिक दलकातर्फबाट नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीलगातले यसको निर्माणमा सवैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मेचीनगर नगरपालिकाका प्रमुख आचार्यले यो वर्ष शुरु गरेर बहुवर्षीय योजना रहेकाले आगामी वर्षमा यसको निर्माण कार्य सम्पन्न हुने बताउनुभयो । यसको शुरु र अन्त्य गर्ने कुरा समस्या नभएको भन्दैं आचार्यले यसको संरक्षण र सञ्चालनमा चूनौती रहेको प्रमुख आचार्यको भनाई छ । काँकरभिट्टा नेपाल प्रवेशको पूर्वीद्वारका रुपमा विकसित भएकाले हरेक गतिविधिहरु समय अनुसार परिवर्तन भएका छ ।

नगरभित्रका धेरै पर्यटकीय स्थलले अहिले धेरै पर्यटकको मन लोभ्याउने गरेको उहाँको भनाई छ । एशियान हाइवेलाई सौन्दर्यकरण गर्ने कुरामा, वीपी पुष्पलाल वाटिका, देवकोटा पार्क, कालीखोलाको कोरीडर निर्माण वस टमिर्नल राम्रो र आर्कषक बनाउने कुरामा गुरुयोजना अघि बढाइसकिएको बताउनुभयो । यसका लागि नगरका राजनीतिक दल, विभिन्न सघ संस्थाहरु, नागरिक समाज, पत्रकार, उद्योगी, व्यवसायी यसलाई राम्रो र यो सपना पुरा गर्नका लागि साथ सहयोग भूमिका अपरिहार्य हुने बताउनुभयो । यसका लागि उहाँले नगर बनाउन वा नगरलाई समृद्घ र विकासित बनाउने कुरामा सवै एक ठाउँमा उभिन र लाग्न तथा निर्माणमा सवैको योगदानका लागि आग्रह गर्नुभयो ।

नगरपालिकाका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख मीना पोखरेलले स्वागत गर्नुभएको थियो । शिलान्यास समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझा, नेकपा मेचीनगर इञ्चार्ज देवकुमार राई, जनता समाजवादी पार्टीका मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ्ग, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्य, अन्तर्राष्ट्रिय रोटरी ३२९२ अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त खनियाँ, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हर्कबहादुर लिम्बु, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, सहरकारी अभियान्त दुर्गा सापकोटा, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट काँकरभिट्टाका पोस्टपति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.