रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने

A notice in Nepali from Mechinagar Ward No. 10

५ जेठ, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभिने बताएका छन् । सार्वजनिक सेवा प्रसारणको व्यवस्था गर्न यी दुई मिडियालाई आपसमा गाभेर एकीकृत प्रसारण सेवा सुरु गर्ने जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले यसबारे जानकारी गराएका हुन ।

यस्तै प्रेस काउन्सिललाई सबै सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सबै विषयवस्तुको नियमन गर्ने गरी नयाँ कानुनी व्यवस्थासहित मिडिया काउन्सिलमा रूपान्तरण गरिने बताए ।

मर्यादित पत्रकारिता विकासमा लागि आवश्यक नीति बनाइने, पत्रकारितालाई ज्ञानमा आधारित उद्योगको रूपमा विकास गरिने उनले बताए ।

यस्तै जनतालाई वडा तहबाट नै अनलाइन सेवा प्रदान गरिने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.