भोक लाग्दा खुवाउने कैयौँ जना कति कति
भोक लाग्नै नदिने आमा!
जिन्दगीको बाटो डोर्याउने कयौँ कति कति
बामे सर्ने लरबराउने ताते खुट्टाहरूलाई
टेक्न दर्बिलो बनाउने आमा!
पढ्ने पढाउने कैयौँ कति कति,
सबल जिन्दगी सिकाउने आमा!
साथ सहारा र आश्रय दिने कयौं कति कति
भोकमा छाती र निन्द्रामा काख दिने आमा!
मेरा हरेक घुर्कीहरूलाई व्यवस्थापन गरेर मलाई असल मानिस बनाउन शिक्षित गर्ने आमा।
आमा शब्द एक शब्दार्थ कति कति
आमा उपस्थिति एक सहारा कति कति!
आमालाई मनमा राख्न खोज्ने म
म आमाको छातीभरि!
माता तीर्थ औँसीमा आँखाको नानीमा आमालाई राखे
दिन के सक्ने हो र अझ आशीर्वाद मागे।
माता तीर्थ औसीको शुभकामना🙏🙏🙏