मेचीनगरमा महिलाहरुबाट ५ लाख रुपैयाँ ठगेर निरबहादुर फरार

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १९ असार : सिन्धुपाल्चोकका एक व्यक्तिले झापा मेचीनगर —६ काँकरभिट्टा भानुटोलका ५ जनामहिलासहित एक दृष्टिविहिनको लाखौं रुपैयाँ ठगी फरार भएका छन् । सिन्धुपाल्चोक साविक कदमवास गाविस—९ स्थायी घर भई धेरै वर्षदेखि काँकरभिट्टामा अस्थायीरुपमा बासोबास गरी कपडा र जुत्ताको

सामान्य व्यवसाय गदैं आएका करीव ४५ वर्षीय निरबहादुर श्रेष्ठले चारलाख बढी रुपैयाँ ठगी फरार भएको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार श्रेष्ठले आफ्नो व्यवसाय बढाउनका लागि भन्दैं सापटी स्वरुप रकम लगेका थिए ।

श्रेष्ठले स्थानीय मञ्जुमाया वोसेल थापाबाट २ लाख, पवित्रा गौतमबाट १ लाख, लाइमा वेगम , मञ्जु पराजुली र कुमारी भट्टराईबाट ५०÷५० हजार र दृष्टविहिन अनिल मुखियाँबाट २० हजार रुपैयाँ लगेका थिए । सवैजनाले श्रेष्ठसँग पटक पटक रकम फिर्ता गर्न भन्दा समेत रकम फिर्ता गर्न आलटाल गरिरहेको अहिले स—परिवारसहित अचानक फरार भएपछि अहिले आफूहरु मर्कामा परेको पीडितहरुको भनाई छ । श्रेष्ठले स्थानीय एउटा घर भाडामा लिएर करीव ३ वर्षको बच्चा र श्रीमती समेत राखेका थिए ।

अहिले बच्चा र श्रीमतीसहित उनी फरार भएको भन्दैं पीडितहरुले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उनको खोजतलास गरी तत्काल पक्राउ गरी कारवाही गर्न निवेदन दर्ता गरेको मञ्जुमायाले बताउनुभयो । पीडितहरुको निवेदन इलाका प्रहरी कार्यालय काँकरभिट्टामा दर्ता भएको स्पष्ट पादैं प्रहरी नायव उपरीक्षक सुनिल दाहालले प्रहरीले फरार श्रेष्ठको खोजी कार्यलाई तीव्र पारेको बताउनुभयो ।

‘धेरै वर्षदेखि एउटै गाउँमा बसियो’ पीडित पवित्रा गौतमले भन्नुभयो—‘’व्यवसाय बढाउछु भनेपछि हामीले पनि विश्वास गरेर रकम दिएका थियौं । अहिले अचानक फरार भपछि हामी सवैको गर्दा रकम डुब्यो । अहिले दैनिक जसो प्रहरी कार्यालय धाउनु परेको छ । ‘हामीले धेरै पटक पटक श्रेष्ठसँग रकम मागेका थियौ’ अर्की पीडित मञ्जुमायाले भन्नुभयो—‘दिन्छु दिन्छु भन्दैं म्याद माग्ने काम मात्र भयो । अहिले एक्कासी फरार भएपछि ठगको फेला परे छौ जस्तो लाग्यो । श्रेष्ठको कोठामा अहिले केही छैन् । पसलको सवै सामान समेत लगेको देखियो । कोठा सवै खाली छ ।’ प्रहरीले फरार श्रेष्ठको हुलियाँसहित सम्बन्धित सवै ठाउँमा सूचना पठाइसकेको छ ।

श्रेष्ठको खोजतलासका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । ढिलोछिटो पीडक पक्राउ पर्ने र कानुन बमोजिमको कारवाही हुने प्रहरीले आश्वसन दिइएको छ । दृष्टिविहनि अनिलले सामाजिक सञ्चालबाट आफ्नो यो अवस्थाको रकम लिएर फरार श्रेष्ठको खोजी गरेर आफ्नो रकम फिर्ता गराईदिन सवै समक्ष आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.