नौ लाख रुपैयाँ मुल्यका अवैध सामान पक्राउ

सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) स्थापनाले सीमाक्षेत्रबाट हुने अवैध धन्दा नियन्त्रण हुने विश्वास

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १७ फागुन ÷ अवैधरुपमा आयात—निर्यात गदैंगर्दाको अवस्थामा काँकरभिट्टा प्रहरीले झण्डै नौ लाख रुपैयाँ मुल्य बराबरका मालसामान पक्राउ गरेको छ । नेपाल प्रहरीले ३ लाख र सशस्त्र प्रहरीले ६ लाख रुपैयाँ गरी कुल ९ लाख रुपैयाँ मुल्य बराबरका समान पक्राउ गरेको सम्बन्धित कार्यालयले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर—५ स्थित मेची खोला हुदैं नेपालतर्फ ल्याउदैं गर्दा नकलबन्दाक्षेत्रबाट घरका झयाल ढोकामा प्रयोग हुने छिड्किनी, काटी, कब्जा, वासरलगायतका सामान पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकरभिटटले जनाएको छ ।

यसैगरी नेपालबाट भारततर्फ लैजादैं गर्दा करीव ६ सय केजी मटर प्रहरीले पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ । ५० केजीका १२ बोरा जति मटर पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ गरिएका सवै सामान हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा राखिएको र आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कोभिड १९ का कारण मुख्यः नाकाबाट आउजाउमा कडाई गरेका कारण यसमा संलग्नहरुले अबैध बाटो हुदैं सामान आयात निर्यात गर्ने गरेको प्रहरीको दावी छ । एकजना प्रहरी अधिकृत का अनुसार उत्तरमा इलामको रोङ गाउँपालिकादेखि दक्षिणमा मोरङको सीमासम्म १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना रहेको झापामा मेचीनगरक्षेत्रमा मात्र २६ किमी खुला सीमा छ । यसैको फाइदा उठाएर कारोवारीहरुले धन्दा चलाइरहेको प्रहरीको भनाई छ ।

यसैगरी, सशस्त्र प्रहरी पक्राउ गरेको ६ लाख रुपैयाँ मुल्य बरबारको मोवायलको पार्टस आवश्यक कारवाहीकालागि मेची भन्सार काँर्यालय काँकरभिट्टा बुझाएको छ । सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) काँकरभिट्टाको टोलीले नगरका विभिन्न स्थानबाट ती सामान पक्राउ गरेको वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले बताउनुभयो ।

पछिल्लो समय सशस्त्र प्रहरीले सीमाक्षेत्रबाट हुने अवैधधन्दा नियन्त्रणका लागि सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) स्थापना गरिरहेको छ । अहिलेसम्म मेचीनगरको तिरीङ, बाहुनडाँगी, नकलबन्दा काँकरभिट्टा र ज्यामिरगढीमा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) स्थापना भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.