खोप अभाव भएको भन्दै बिर्तामोडमा खोप कार्यक्रम स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तामोड ,जेठ २७। झापाको बिर्तामोड नगरपालिकामा बिहिबार (आज) कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । नगरपालिकाले खोप अभाव भएको भन्दै सूचना निकालेर कार्यक्रम स्थगित गरेको हो ।

सरकारले भेरोसिल खोप ६२ देखि ६४ बर्ष उमेर समुह तथा अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी लगायतका मानिसलाई लगाउने गरि जेठ २६ र २७ गते दुई दिनको तालिका सार्बजनिक गरेको थियो ।

सरकारको तालिका अनुसार स्वास्थ्य कार्यालय झापाले बिर्तामोड नगरपालिकालाई १ हजार ५ सय ९६ खोप उपलब्ध गराएको तर २६ गते बिहानै देखि सयौँको संख्यामा खोप केन्द्रमा मानिसहरु भेला भएकोले दिउँसै खोप सकिएको नगरपालिकाले जनाएको छ ।

बिर्तामोडमा चार वटा केन्द्र मार्फत खोप हानिएको र वडा नम्बर ५ मा रहेको देवी मावि केन्द्रमा विवादका कारण कार्यक्रम हिजै स्थगित गरिएको थियो ।

हाल नगरपालिकासँग १ सय ८० ओटा मात्र खोप रहेको र नगरपालिकाको बैठकले थप खोप मगाउने निर्णय गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.