बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा

A notice in Nepali from Mechinagar Ward No. 10

२८ मंसिर, भद्रपुर : झापाको भद्रपुर ९ स्थित वातावरणमैत्री बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञचालनमा आएको छ ।
लगभग सात महिनाअघि आगलागी भई मेशिनहरुसमेत जलेर ठूलो क्षति हुँदा ब्रिकेट उत्पादन पूर्ण क्षमतामा हुन सकेको थिएन ।
उद्योगमा नयाँ मेशिनहरु जडानसहित पुनर्निर्माणपछि आजदेखि विधिवत रुपमा पूर्ण क्षमतामा उत्पादन शुरु गरिएको सञ्चालक आदित्य पराजुलीले जानकारी दिए ।
स्थानीयस्तरमै प्रशस्त पाइने कच्चा पदार्थ प्रयोग गरी तयार हुने ब्रिकेटको माग जिल्लाभित्र मात्र नभई जिल्लाबाहिर पनि बढ्न थालेको सञ्चालक पराजुलीको भनाइ छ ।
उद्योग पुनर्निमाण र नयाँ मेशिनरी खरिदमा साँडे ५ करोड खर्च भएको सञ्चालक पराजुलीले बताए ।
बाँस, प्लाइउडका खेर जो पतिंगर, उखुका खोस्टा, काठका टुक्रालगायतलाई प्रशोधन गरी तयार हुने ब्रिकेट मुख्य रुपमा चिया उद्योग, इँटाभट्टालगायत इन्धन आवश्यक पर्ने अन्य ठूला उद्योगमा प्रयोग हुन्छ । यसलाई पत्थर कोइलाको विकल्पको रुपमा लिइएको छ भने कोइलाभन्दा सस्तो पनि हुने सञ्चालक पराजुली बताउँछन् ।
उद्योगबाट अब दैनिक ६० देखि ६५ हजार केजी ब्रिकेट उत्पादन हुने पराजुलीको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.