मेचीनगर नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, ३ जेठ / मेचीनगर नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोभिड १९ का कारण सोमबार मृत्यु भएको छ । उहाँ इलाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर झापाको मेचीनगरमा आउनुभएको थियो । अहिले उहाँ अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थयो ।

स्वास प्रश्वासमा समस्या आएपछि उहाँको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो ।

उहाँलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा पनि उहाँको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

उपचारकै क्रममा बिएन्डसी हस्पिटलमा निधन भएको हो । उहाँको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गर्नुभएको छ । उहाँको २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमल्सिनाले जानकारी दिनुभयो । उहाँलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो । संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.