मेचीनगरका गुरागाईँलाई सशस्त्रको सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन, मेचीनगर : झापा मेचीनगर वडा नम्बर – १ निवासी समाजसेवी हेमलाल गुरागाईँलाई आज झापाको लखनपुरमा सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३८ रिजर्भ गण लखनपुर झापाको छैठौँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका गुरागाईँलाई सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्ट (वीओपी) मेचीनगर-१ तिरिङको खानेपानी व्यवस्थापन तथा जडानमा सहयोग र समन्वयमा उल्लेख्य भूमिका निर्वाह गरेको योगदानको कदर स्वरूप सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाको उपस्थितिमा कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख, प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले सम्मानित व्यक्तित्व गुरागाईँलाई सम्मान पत्र प्रदान गरेका थिए ।

उनले तिरिङमा रहेको प्रहरी चौकीलाई समेत जग्गा दान गरेका थिए । सामाजिक क्षेत्रमा क्रियाशील र कुशल राजनीतिकर्मी समेत रहेका गुरागाईँ हरेक क्षेत्रमा सवैका लागि सुख दुःखका साथी पनि हुन् । शिक्षा, स्वास्थ्य, खेलकुदलगायत हरेक क्षेत्रमा उनको निक्कै ठुलो योगदान छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.