होटल ताज इन्टरनेशनल ग्राहकको रुचि अनुसार व्यवस्थापन गर्न सधैँ तत्पर छ : सञ्चालक दिपक कार्की

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टालाई पूर्वको नाका भनेर पनि चिनिन्छ । यस ठाउँमा करीब एक हजार बढी होटल सञ्चालनमा छन् । तिनैमध्ये एक हो होटल ताज इन्टरनेशनल । झापाको मेचीनगर नगरपालिका वडा नम्बर- ६ काँकरभिट्टामा रहेको यो होटल  करीब तीन दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको छ । यसका सञ्चालक दिपक कार्कीले आफ्नो बुवाको पदचापलाई पछ्याइरहनु भएको छ ।  हामीले यस होटलको निरन्तरता र विषेशता बारे सञ्चालक  दिपक कार्की सँग मेचीनगर अनलाइनका लागि सिएन गौतमले तयार पारेको कुराकानी प्रस्तुत गर्दैछौँ ।

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

यो विश्वव्यापी महामारी कोविड -१९ हल्का हटेपछि थोरै आशाका किरणहरु देखिएका छन् । आजभोलि आफ्नो व्यापार, व्यवसायमा नै व्यस्त रहेको छु ।

कहिलेबाट यस व्यवसायको सुरुवात गर्नुभयो ?

हामीले सञ्चालन गर्दै आएको होटल व्यवसाय मेरो बुबा श्याम कार्कीले शुरुवात गर्नुभएको हो । दुर्भाग्यवश बुवा हामी माझ हुनहुन्न । उहाँ बित्नुभएको ३ महिना हुदैछ । बुवाले करिब २०५०/ ५२ सालबाट होटल व्यवसाय सञ्चालन गर्नु भएको हो । बुबाले अतिथि होटलको सुरुवात गर्नु भएको हो । अहिले भाइ राजु कार्कीले अतिथि र मैले ताज इन्टरनेशनल चलाएर बसेको छौँ ।

होटल सञ्चालनको जिम्मेवारी आइसकेपछि के कस्ता चुनौतीहरु आए ?

लगभग २०  वर्ष अगाडिबाट मैले यो जिम्मेवारी लिन थालेको महशुस गरेको थिएँ । यसमा मेरो भाइ राजु कार्की जो अहिले अतिथि होटल चलाएर बसेको छ उसको पनि साथ सहयोग थियो । त्यति बेलाको समयमा मैले जिम्मेवारी सम्हाल्दै गर्दा निक्कै असहज भएको थियो । होटलमा कुनै बेला ह्वात्तै ग्राहक बढ्दा व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो । यसमा आमा, बुवा, भाइ र म खुब खट्थ्यौ । कुनै बेला ग्राहक नहुँदा त्यसै बस्नुपर्थ्यो । ती असहजताकोे अवस्थामा निराशाजनक सोचहरु पैदा नभएका होइनन् । म जेठो छोरा र बाल्यकाल भएर पनि होला । हामीले होटल सञ्चालनबारे सिक्दै गयौँ, बुझ्दै गयौँ, त्यसपछि खुसी मिल्दै गयो । यसैमा रमाउँदै अघि बढ्ने क्रममा यो अवस्थामा आइपुग्दा राम्रै भएको छ । मेहनत गरे अनुसार फल आउँदैछ भन्ने लाग्यो । समग्र परिवारको साथ सहयोगले इष्टमित्र, हितौषी  प्यारा साथीभाइहरुको साथ सहयोगले गर्दा सफल भएको हो ।

हाल यस होटलमा कति जना कर्मचारी रहेका छन् ?

कारोना महामारी भन्दा अघि १५ जना भन्दा बढी थिए । अहिले १२ जना जति कर्मचारी रहेका छन् । उनीहरु सम्पूर्णलाई रोजगार दिएको छु । समय राम्रो भयो ,परिस्थिति राम्रो बनेछ भने कर्मचारी थप्दै जानेछु ।

कत्तिको आम्दानी हुन्छ ?

कोरोना महामारी हुनु भन्दा अघि राम्रै थियो । आफ्नो खर्च कटाएर कर्मचारीको व्यवस्थापन गरेर पनि आफ्नो मेहनत अनुसार सन्तुष्ट नै रहेको थियो । अहिले असहज छ तर सधैँ यस्तो रहदैन होला । सबैको साथ र माया पाएको छु, त्यसमा पनि खुसी छु । अरु हेर्दै जाऔ ।

तपाइँले आफ्ना होटलको कर्मचारी हकहितका लागि के कस्तो व्यवस्थाा गर्नुभएको छ ?

मैले आफ्ना कर्मचारीहरुलाई उनीहरुको योग्यता अनुसारको मूल्याङ्कन गरेको छु । तलब लगायत अन्य सुविधामा कन्जुस्याइँ गरेको छैन । उनीहरु खुसी छन् जस्तो लाग्छ ।

होटल व्यावसायीलाई कस्तो समस्या आइपर्छ ?

समस्या कस्तो पर्दोरहेछ भन्ने त कोरोनाले महामारीले देखाइहाल्यो । त्यो आर्थिक समस्या हो । त्यो बाहेक अन्य समस्यामा हेर्दा कुनै ग्राहक अपराध गर्ने मनसायले आउने, लागू औषध कारोबार गर्ने, सामाजमा खलल पु¥याउन अराजक गतिविधि गर्ने खालका आएर समस्या हुनसक्छ तर अहिले सम्म त्थस खालका ग्राहक आएका छैनन् । त्यस्तो शंकास्पद ग्राहक आएमा प्रहरीलाई जानकारी दिने गरेको छु ।

होटल सञ्चालनको लागि केही अध्ययन गर्नु भएको छ या कसैबाट सरसल्लाह लिनु भएको छ ?

मैले होटल विशेष केही अध्ययन गरेको छैन । मैले होटलको जिम्मेवारी लिनु भन्दा अगाडि बुबाले सञ्चालन गर्नु भएको हो र सबै उहाँकै निर्देशनमा चलेका थियौँ । त्यति बेलाको परिस्थिति नै त्यस्तै थियो । त्यतिबेला पनि पढाइ लेखाइ आफ्नो ठाउँमा थियो तर यो सम्बन्धि कुनै अध्ययन नभए पनि आफ्नो अनुभवको आधारमा साथै बाहिरको माहोललाई बुझेर यो व्यवसाय सुरुवात गरेको हो । अहिले त प्रविधिको विकास भएको छ यसबाट पनि धेरै ज्ञान मिलेको छ । हामीले दक्ष र अनुभवी कुकहरु पनि राखेका छौँ । यसमा मेरो ठुलो छोरा पनि निकै रुचि राख्छ । होटल मेनेजमेन्ट पढेर यसैलाई निरन्तरता दिने उसको इच्छा छ ।

होटेल ताज इन्टरनेशनलको विशेषता के हो ?

यो होटल लगभग तीन दशकदेखि ग्राहकको सेवामा समर्पित छ । होटल सजिलो लोकेसनमा छ । मेचीनगर काँकरभिट्टाको मुख्य बजारमा रहेको यस होटलमा दक्ष अनुभवी कुकद्दारा नेपाली थकाली खाना ,इण्यिन ,चाइनिज र कन्टिनेण्टल खानाहरु उपलब्ध छन्  । सफा र सुग्घर एसी /नन एसी नर्मल, डिलक्स र सुपर डिलक्स रुमहरु छन् । रेष्टुरेण्ट र सेमिनार हलको पनि व्यवस्था छ । होटलसँगै ट्राभल एण्ड टुर्स् भएको हुँदा टुर्स प्याकेज साथै बस, रेल र एयर टिकेटिङ लगायतका थुप्रै सुविधा पनि रहेका छन् ।

व्यवसाय बाहेक अरु कुनै संस्थामा लाग्नु भएको छ ?

अन्य संघ संस्थामा पनि आवद्ध रहेको छु । म नाइट चेस क्लबको आजीवन सदस्य  हुँ । त्यसैगरी मेची क्रिकेट एकेडेमीको पूर्व अध्यक्ष समेत रहेको छु । म अलिक खेलकुदमा ज्यादा रुचि राख्छु । अरु क्षेत्रमा पनि योगदान दिनुपर्छ भन्ने लाग्छ । यहाँ भएका विभिन्न सामाजिक संघ संस्थाले आयोजना गर्ने सामाजिक कार्यहरुमा मेरो तर्फबाट सकेको सहयोग गर्ने गरेको छु । मेरो त्यसमा उपस्थित रहने गरेको छ । पैसा नै सबै थोक होइन । बेला बेला अशक्त,रोगी , गरीब, दीन दुःखीलाई सहयोग गर्ने मौका पाइन्छ त्यसको छुट्टै आनन्द मिल्छ ।

भविष्यमा अरु केही गर्ने योजना छ ?

हिजोको परिस्थिति र हाल बजारमा रहेको परिस्थिति छुट्टै छ । अहिलेको परिस्थिति अनुसार हाम्रो होटल सञ्चालनमा रहेको छ । निकट भविष्यमा यहाँबाट २५ किलोमिटर उत्तर सलकपुर छेउ जिरमले सेरोफेरोमा एउटा रिर्सोट खोल्ने योजनामा छु । त्यसका लागि मैले ठाउँ पनि लिएको छु । यहाँ आएका ग्राहकलाई माथि प्राकृतिक रमणीय पहाडको भ्यू र शीतल ठाउँ जान इच्छा देखाए त्यहाँ लान सकिन्छ । समयले साथ दिएछ भने मेरो योजना यहि रहनेछ ।

काँकरभिट्टामा धेरै होटलहरु छन् तर होटल ताज इन्टरनेशनल नै किन आउने ?

मेरोमा प्राय एकपटक आएका ग्राहक फेरि फर्केर आउने गरेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा सफाइ हो । यहाँ कर्मचारीहरुले पनि आफ्नो नियम अनुसार चलेका छन् । उहाँहरुको समेत सरसफाईमा निगरानी हुनुका साथै किचनहरु व्यवस्थित बनाएका छौं । हाम्रो होटलका रुमहरु ,किचन ट्वाइलेट वाथरुम व्यवस्थित छन् । त्यसले गर्दा फोहोरमैला न्युन हुन्छ । अर्को महत्वपूर्ण कुरा भनेको मान्छेमा भएका व्यवहारिक गुण हो । मेरो लागि ग्राहकहरु साथी सरह हुने गर्छन् । ग्राहकबीच हाम्रो सम्बन्ध पारिवारिक सम्बन्ध जस्तो होस् भन्ने मेरो चाहना छ । त्यसका साथै उहाँहरुले म लगायत होटेल ताज इन्टरनेशनललाई रुचाउनु हुन्छ भन्ने मेरो बुझाइ हो ।

अन्त्यमा आफ्ना ग्राहकहरुलाई के भन्न चाहनुहुन्छ ?

हामीलाई सेवा  गर्ने मौका दिनुहोस् । हामीले होटललाई व्यवस्थित गरेर सम्पूर्ण ग्राहकहरुको रुचि अनुसार राम्रो व्यवस्थापन गरे जस्तो लाग्छ तर पनि अझै केहि कमजोरी होलान् त्यसका लागि पनि ग्राहकहरुको सल्लाह , सुझाव अपेक्षा गरेको छु । अझै पनि केही नयाँपन प्रदान गर्नुपर्छ भन्ने लागेको छ । साथै हाल विश्व माहामारीको रुपमा फैलिरहेको कोभिड–१९ बाट हामी पनि अछुतो रहन सकेनौं । त्यसमा पनि कोरोनाको नयाँ प्रकारको भाइरस आयो भन्ने सुन्दैछु । मेरा सम्पूर्ण शुभचिन्तकहरुमा विश्व स्वास्थ्य संगठनले बताएको मापदण्ड अनुसार हिडडल गर्न अनुरोध गर्छु । त्यसैगरी मेरा इष्टमित्र, अग्रज ,आफन्तजन , शुभचिन्तक सम्पूर्णबाट मायाप्रेम, हौसला ,सल्लाह सुझावको आशा गर्दछु र मेरो अन्तर्वार्ता लिने मेरोमेचीनगर अनलाइनलाई विशेष धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.