निरौला दम्पतिद्वारा ‘प्रकाश बचाउ अभियान’ आर्थिक सहयोग

A notice in Nepali from Mechinagar Ward No. 10

१ भदौं ,मेचीनगर : झापा बिर्तामोड–२ चारपानेका ३२ बर्षीय युवा, प्रकाश शर्माको उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । यसैक्रममा झापा बिर्तामोड–१ निवासी पुष्कर निरौला र श्रीमती सविता सापकोटा निरौलाले प्रकाश को उपचारका लागि ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

पुष्करको आमा तथा सविताको सासुआमा स्वर्गीय गोमा निरौलाको १३ औँ वार्षिक पुण्यतिथीका अवसरमा निरौला दम्पतिले ‘प्रकाश बचाउ अभियान’ समितिलाई उक्त रकम प्रदन गर्नुभएको हो । सविता मेचीनगर नगरपालिका स्वास्थ्य शाखा अन्तर्गत कोभिड फोकल पर्सन हुनुहुन्छ । पुष्कर लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष तथा पुष्कर हल्दीवारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ ।

‘हामीले दिएको रकम खासै ठूलो त होइन’ सविताले भन्नुभयो—‘प्रकाशको उपचारको लागि सहयोग गर्दै थप सहयोगका लागि पहल कदमी अघि बढाएका मात्र हौं ।’ प्रकाशको दुवै घुडाको पाङ्ग्रा र दुईवटै तिघ्राको मुख्य हड्डी मकिएका कारण उनको स्वास्थ्य अबस्था जटिल बनेको हो ।

रोगले चाप्नु भन्दा अगाडी सिकर्मी काम गरेर गुजरा चलाउदै आएका थिए । १० बर्ष अघी देखि वाथ रोगबाट उत्पन्न समस्यालाई अल्पकालिन समाधान दुखाई कम हुने औषधि खादै जेनतेन काम गर्दै आएका प्रकाश दुई बर्ष देखि थलिए पछि उनले चलाउने औजारहरु पनि खिया लागेर विरामी परेका छन् ।

चिकित्सको सल्लाह अनुसार कृतिम हड्डी (स्टिल) लगाएर उनको उपचार गर्न सकिने छ । उक्त उपचार सफल भएमा पुनः सामान्य जीवन यापन गर्न सक्ने र ९० प्रतिशत अप्रेशन सफल हुने गरेको चिकित्सकको भनाई छ । प्रकाशको उपचारको लागि १२ देखि १५ लार्ख खर्च लाग्ने अनुमान गरिएको प्रकाश बचाउ अभियानका संयोजक डिल्लीराम सिटौलाले बताउनुभयो ।

प्रकाशको उचारका लागि दैनिक रुपमा देश विदेशबाट सहयोग जुटने क्रम जारी छ । बुवा, आमा, श्रीमती र दुई सन्तानको आशा र भरोसाका केन्द्र प्रकाशको जीवन बचाउन आर्थिक सहयोग गरिदिन समितिले सवैसँग आग्रह गरकेो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.