चालक बिनानै पिकअप गुडकिएपछि ………..

A notice in Nepali from Mechinagar Ward No. 10

१३ असार, मेचीनगर :  झापाको मेचीनगरमा शुक्रबार साँझ भारतीय नम्बर प्लेटको एउटा मालवहाक पिकअप दुघर्टनामा परेको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाबाट जाँचपास गरी टमाटर बोकेर विर्तामोड हिडेको डब्लु बी ७३ एफ ४३९९ नम्बरको पिकअप पूर्व पश्चिम लोकमार्गको मेचीनगर —६ पुरानो भन्सारमा साँझ साढे ५ बजेतिर पल्टिएर दुघर्टना भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिए ।

पिकअप अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा नजीकै रोकेर चालक एम डी मुन्ताज गाडी दर्ता गराउन पोस्ट पुगे लगत्तै हेण्डब्रेक चुडिएर उक्त मालवहाक सवारी साधन आफै अनियन्त्रित भएरर गुडेपछि पोस्टबाट ३० मिटर पर पुगेर पर्खालमा पुगेर पल्टिएको प्रहरीको भनाई छ ।

पिकअपमा चालक विनानै आफै गुडकिएर अघि बढेको थियो । त्यसकारण पनि कुनै मानवीय क्षति नभएको प्रहरीको भनाई छ । उक्त सवारी साधनको अग्रभागमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.