प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार : गृहमा अधिकारी, सञ्चारमा थापा

A notice in Nepali from Mechinagar Ward No. 10

२७ जेठ, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री राजकिशोर यादव र सञ्चारमन्त्री नैनकला थापा ।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ । सञ्चारमन्त्री नियुक्त थापा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन् ।

त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

२०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए । तर, संसदमा बहुमत पुर्‍याउन नसक्ने भन्दै मार्ग प्रश्स्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो । विपक्षी पार्टीहरुले कामचलाउ सरकारको विस्तारलाई असंवैधानिक भन्दै आएका छन् । संसद् पुनस्थापनाका लागि विपक्षी गठबन्धनका सांसदहरुले दायर गरेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.