सतप्रतिशत यात्रु राखेर जहाज उडाउन पाइने भए पछि ५ गते बाट नियमित उडान

काठमाडौं । जहाजको पूरै सिट भरेर चलाउन पाइने भएपछि निजी वायुसेवा सञ्चालकहरूले असोज ५ गतेदेखि जहाज उडाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै जहाजभरि यात्रु राखेर जहाज सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

यसअघि उनीहरूले सिट क्षमताको ५० प्रतिशत मात्रै राखेर जहाज चलाउन सरकारले निर्णय गरे पनि भाडा नबढ्दा जहाजको खर्च धान्न नसकिने भन्दै असोज १ गतेदेखिको उडान स्थगित गरेका थिए ।

व्यवसायीहरूले सडकमा गुड्ने सार्वजनिक सवारीको भाडा ५० प्रतिशत बढाउन पाउने तर आकाशमा उड्ने झन् महँगो हवाई सेवामा भाडा पनि बढाउन नपाउने र क्षमता अनुसारको यात्रु पनि राख्न नपाउने सरकारी निर्णयको विरोधमा उडान स्थगित गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु भएसँगै सरकारले  गत चैत ११ गतेदेखि आन्तरिक उडान रोकिएको थियो । यदाकदा बिरामी ओसार्ने र पर्यटकहरू उद्धार गर्ने क्रममा केही विमानहरूको चार्टर्ड फ्लाइट गरे पनि नियमित उडान भने बन्द नै थिए ।

योसँगै निजी कम्पनीहरूले लकडाउन अघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान तालिका स्वीकृत गर्ने समेतको निर्णय भएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.